बन्दका कारण यातायात र शैक्षिक संस्था प्रभावित



स्याङ्जा,७ भदौ– नेपाल बन्दका कारण यातायात र शैक्षिक संस्था प्रभावित बनेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी लगायतका चार दलले आज नेपाल बन्दको आवहान गरेर बिहानै देखि सडक आन्दोलमा उत्रिएपछि देशै भरका यातायातका साथै शैक्षिक संस्थाहरु प्रभावित बन्न पुगेका हुन् ।

केपी शर्मा ओली सरकार संग गरिएको तीन बुदे सहमी प्रति वर्तमान सरकारले बेवास्ता गरेको र नेपाल कम्युष्टि पार्टी नेत्रविक्रम चन्द निकट कार्यक्रर्ताहरुलाई झुटा मुद्दा लगाएर फसाउन खोजीएको, राष्ट्रघाती एमसीसी खारेजी, महंगी र देशमा भ्रष्चार बढेको र सरकार जनघाती कार्यमा लागेको भन्दै चार कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितका कार्यक्रमको घोषणा गरेर आन्दोलनमा उत्रीएका हुन ।

बन्दका कारण बिहानै देखि लामो तथा छोटो दुरीका सवारिसादन चलेका छैनन भने शैक्षिक संस्थाहरु क्याम्पस र विद्यालयहरु समेत बन्द रहेकाछन् । बजार क्षेत्रमा केही छिटपुट पसल बाहेक अरु बन्द रहेको छ । देशैभर बन्दको प्रभाव परेको र देशको राजधानी काठमाडौं, दाङ्ग लगायतका ठाउँमा आग्जनीका साथै सवारिसादनहरुमा तोडफोड समेत भएका खबरहरु प्राप्त भएकाछन् ।

बन्द आवहान गर्ने दलहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेकाछन् ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal