छाङ्दी झरनालाई व्यवस्थीत गर्नुपर्छः पूर्व मन्त्री राना
सिर्जना घिमिरे
रामपुर,६ भदौ– प्रतिनिधीसभा सदस्य तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले पूर्वी पाल्पाको रामपुरमा रहेको छाङ्दी झरनालाई थप व्यवस्थीत गर्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी करिडोर देखी माथी करिब ४ सय मिटरको दुरीमा रहेको छाङ्दी झरनाको अवलोकनमा आउने पर्यटकहरुको सुविधालाई मध्यनजर गरेर यस क्षेत्रलाई व्यवस्थीत गर्दै लैजानुपर्नेमा पूर्व मन्त्री रानाले जोड दिनुभएको हो । रानाले भन्नुभयो, “यस क्षेत्रमा आउने पर्यटकहरुको सुविधाका लागि शौचालय, खानेपानी, खाजा नास्ताको प्रवन्ध हुनेगरी होटल रेष्टुरेन्ट लगायतका संरचनाहरुको निर्माण गर्नुपर्छ ।” अनि मात्रै यस क्षेत्रमा पर्यटकको आगमनमा बृद्धि हुन्छ । व्यवस्थित पौडी पोखरी तथा हिउँद र वर्षातको समयमा निरन्तर एकै प्रकारले झर्ने झरनाको व्यवस्थापन अबको आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

छाङ्दी झरनाको अवलोकन गर्दै पूर्व मन्त्री रानाले झरनादेखी तलपट्टिको भागमा ड्याम निर्माण गरेर वर्षातको बेला पानीलाई व्यवस्थीत गरेर व्यवसायीक रुपमा यस क्षेत्रलाई अगाडी बढाउन बनाउन सकिने रानाको भनाइ थियो । झरनाको आडैमा रहेको गुफाको समेत निरिक्षण गर्नुभएका पूर्व मन्त्री रानाले धार्मिक हिसाबले समेत महत्वपूर्ण रहेको यस क्षेत्रमा धार्मिक केन्द्रका रुपमा समेत विकासको योजना बनाउन सकिने उल्लेख गर्नुभयो ।
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीका अनुसार दिगो विकासका निम्ति थप योजना बनाइएको र पहिलो चरणमा भरना नजिक पोखरी बाटो तथा रेलिङ गरि करिब ७ लाख रुपैंया लागतमा संरचना निर्माण गरिएको छ ।
रामपुर नगरपालिका वडा नम्बर १ चिन्ते सामुदायिक बनक्षेत्रमा रहेको छाङ्दी झरना यतीवेला पर्यटकको गन्तव्यको केन्द्र बनेको छ । बन कार्यालयका रेन्जर यमलाल पोख्रेलले करिब १ सय ५० मिटर लम्बाईमा रहेको झरनाले धेरै पर्यटकलाई लोभ्याएको बताउनुभयो । उहाँले पाल्पाका धेरै सामुदायिक बनको भुृ–वनावट र प्राकृतिक स्वरुपलाई थप व्यवस्थीत गर्न सके आर्थिक विकाससँग समेत जोड्न सकिने बताउनुभयो ।

समाजसेवी राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्र यसै पनि धार्मिक तथा पर्यटकिय क्षेत्रले परिचित रहेको उल्लेख गर्दै अझै चाहे जति त्यसको विकास गर्न नसकिएको बताउनुभयो । सामुदायिक बनमा पर्यापर्यटन विकास कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग र चिन्ते सामुदायिक बन उपभोक्ता समितीको निर्माण व्यवस्थापनमा झरना क्षेत्र लाई व्यवस्थीत गर्ने कार्य गरिएकोे छ ।
कालीगण्डकी करिडोरसँग जोडिएको क्षेत्र भएकोले पाल्पासँगै छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु गाडी रिजर्भ गरेर झरना हेर्न, फोटो खिच्न, टिकटक बनाउन समेत पुग्ने गरेका छन् । पछिल्लो समय बिदाका दिनमा सयौं सर्वसाधारणहरु झरना हेर्न आउने गरेका छन् ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















