छाङ्दी झरनालाई व्यवस्थीत गर्नुपर्छः पूर्व मन्त्री राना

सिर्जना घिमिरे
रामपुर,६ भदौ– प्रतिनिधीसभा सदस्य तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले पूर्वी पाल्पाको रामपुरमा रहेको छाङ्दी झरनालाई थप व्यवस्थीत गर्नुपर्ने बताउनुभएको छ ।

कालीगण्डकी करिडोर देखी माथी करिब ४ सय मिटरको दुरीमा रहेको छाङ्दी झरनाको अवलोकनमा आउने पर्यटकहरुको सुविधालाई मध्यनजर गरेर यस क्षेत्रलाई व्यवस्थीत गर्दै लैजानुपर्नेमा पूर्व मन्त्री रानाले जोड दिनुभएको हो । रानाले भन्नुभयो, “यस क्षेत्रमा आउने पर्यटकहरुको सुविधाका लागि शौचालय, खानेपानी, खाजा नास्ताको प्रवन्ध हुनेगरी होटल रेष्टुरेन्ट लगायतका संरचनाहरुको निर्माण गर्नुपर्छ ।” अनि मात्रै यस क्षेत्रमा पर्यटकको आगमनमा बृद्धि हुन्छ । व्यवस्थित पौडी पोखरी तथा हिउँद र वर्षातको समयमा निरन्तर एकै प्रकारले झर्ने झरनाको व्यवस्थापन अबको आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

छाङ्दी झरनाको अवलोकन गर्दै पूर्व मन्त्री रानाले झरनादेखी तलपट्टिको भागमा ड्याम निर्माण गरेर वर्षातको बेला पानीलाई व्यवस्थीत गरेर व्यवसायीक रुपमा यस क्षेत्रलाई अगाडी बढाउन बनाउन सकिने रानाको भनाइ थियो । झरनाको आडैमा रहेको गुफाको समेत निरिक्षण गर्नुभएका पूर्व मन्त्री रानाले धार्मिक हिसाबले समेत महत्वपूर्ण रहेको यस क्षेत्रमा धार्मिक केन्द्रका रुपमा समेत विकासको योजना बनाउन सकिने उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीका अनुसार दिगो विकासका निम्ति थप योजना बनाइएको र पहिलो चरणमा भरना नजिक पोखरी बाटो तथा रेलिङ गरि करिब ७ लाख रुपैंया लागतमा संरचना निर्माण गरिएको छ ।
रामपुर नगरपालिका वडा नम्बर १ चिन्ते सामुदायिक बनक्षेत्रमा रहेको छाङ्दी झरना यतीवेला पर्यटकको गन्तव्यको केन्द्र बनेको छ । बन कार्यालयका रेन्जर यमलाल पोख्रेलले करिब १ सय ५० मिटर लम्बाईमा रहेको झरनाले धेरै पर्यटकलाई लोभ्याएको बताउनुभयो । उहाँले पाल्पाका धेरै सामुदायिक बनको भुृ–वनावट र प्राकृतिक स्वरुपलाई थप व्यवस्थीत गर्न सके आर्थिक विकाससँग समेत जोड्न सकिने बताउनुभयो ।

समाजसेवी राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्र यसै पनि धार्मिक तथा पर्यटकिय क्षेत्रले परिचित रहेको उल्लेख गर्दै अझै चाहे जति त्यसको विकास गर्न नसकिएको बताउनुभयो । सामुदायिक बनमा पर्यापर्यटन विकास कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग र चिन्ते सामुदायिक बन उपभोक्ता समितीको निर्माण व्यवस्थापनमा झरना क्षेत्र लाई व्यवस्थीत गर्ने कार्य गरिएकोे छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको क्षेत्र भएकोले पाल्पासँगै छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु गाडी रिजर्भ गरेर झरना हेर्न, फोटो खिच्न, टिकटक बनाउन समेत पुग्ने गरेका छन् । पछिल्लो समय बिदाका दिनमा सयौं सर्वसाधारणहरु झरना हेर्न आउने गरेका छन् ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal