रामपुरमा शहिद स्मृति पार्क उद्घाटन
सिर्जना घिमिरे
रामपुर,५ भदौ– रामपुर नगरपालिका ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको आज (आइतबार) उद्घाटन गरिएको छ ।
सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सव डिभिजन बन कार्यालयको व्यवस्थापनमा निर्माण गरिएको पार्कको प्रतिनिधी सभासदस्य तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभएको हो । पार्कको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले शहिदहरुको सम्मान र सम्झनाका लागि निर्माण गरिएको पार्कले रामपुरको पर्यटकीय क्षेत्रमा थप सहयोग पुर्याउने बताउनुभयो ।
पार्कलाई अझै व्यवस्थित बनाउनाउनुका साथै अन्य संरचनाहरु थप गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । आफूले सोचेभन्दा फरक पार्क बनाउन सहयोग गर्ने डिभिजन वन कार्यालय पाल्पालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय पाल्पाका डिभिजन बन अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनको संरक्षणसँगै बनक्षेत्रको सौन्दर्यले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । सामुदायिक बनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी समेत लिन सकिने अधिकृत ज्ञवालीको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, रामपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दामोदर पाठक लगायतले बोल्नुभएको थियो । १४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको रु १ लाख ४५ हजार बराबरको जनश्रमदान गरि करिब १५ लाख ८७ हजार रुपैयाको लागतमा पार्क निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी पाहुनालाई स्थानीय बासिन्दाले पञ्चेबाजाले स्वागत गरेका थिए ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















