‘समयमा उपचार गरे डिप्रेसन पूर्णरुपमा निको हुन्छ’

सिर्जना खत्री

काठमाडौं,२९ साउन– कोरोनाकाल पछि नेपाल लगायत विश्वभर डिप्रेसनका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ। मानसिक रोग विशेषज्ञ प्रा.डा.सुदर्शन नरसिंह प्रधानका अनुसार डिप्रेसन एक किसिमको मानसिक रोग हो। डा. प्रधानका अनुसार मानसिक रोग मध्ये सबै भन्दा बढी देखिने रोग हो, डिप्रेसन। डिप्रेसनलाई दिग्दारी रोग पनि भन्ने गरिन्छ। तर, कुनै कारणले  मन दुः खी भएर लामो समयसम्म रहिरह्यो भने सो अवस्थालाई डिप्रेसन भनिने डा.प्रधानको भनाइ छ। डिप्रेसन जुनसुकै उमेर समूहका मानिसमा हुने गरे पनि सबैभन्दा बढी महिलालाई हुने अध्ययनले देखाएको छ। 

डिप्रेसन विभिन्न कारणले गर्दा हुन्छ। परिवारमा कसैलाई छ भने, हार्मोन परिर्वतनका कारण र सामाजिक, पारिवारिक वातावरणले गर्दा पनि डिप्रेसन हुने चिकित्सकको भनाइ छ। मन उदास हुने, कसैसँग बोल्न, एक्लै बस्न मन पराउने, रमाइलो कुरामा ध्यान नजाने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउछन्। 

डिप्रेसनको राम्रोसँग उपचार गरियो भने पूर्ण रुपमा निको बनाउन सकिन्छ। उहाँले भन्नुभयो, “डिप्रेसन हेलचेक्राई नगरी सुरुवाती चरणमा उपचार गरिएमा यो रोग पूर्णरुपमा निको बनाउन सकिन्छ। तर, बिरामीका साथै परिवारका अन्य सदस्यको साथ सहयोगको आवश्यक पर्छ।”  एक पटक डिप्रेसन भएका मानिसलाई पुन त्यस्तै अवस्था सिर्जना भएमा पुन बल्झने सम्भावना बढी भएको डा.प्रधानले जानकारी दिनुभयो। डिप्रेसनको विषयमा केन्द्रित भएर मानसिक रोग विशेषज्ञ प्रा.डा.सुदर्शन नरसिंह प्रधानसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :गोरखापत्र

भिडियो : मनोजरत्न शाही

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal