हुलाक कार्यालय स्याङ्जाद्वारा २१ लाख राजस्व संकलन
कला राना
वालिङ,२९ साउन– जिल्ला हुलाक कार्यालय स्याङ्जाले गत आर्थिक वर्षमा २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा हुलाक कार्यालयले उक्त राजस्व संकलन भएको हो ।
कार्यालयका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार हुलाक सेवा शुल्कमा १४ लाख २३ हजार १२७, अन्य प्रशासनिक सेवा शुल्क १९ हजार ६४०, एफएम रेडियो संचालन दस्तुर १ लाख ८४ हजार २५१, प्रशासनिक दण्ड जरिवाना जफत २४ हजार ३०६, अन्य बाँडफाँड अन्र्तगत केशल टिभिको रोयल्टी तथा नविकरण ४ लाख ५७ हजार ४१२, बेरुजु फस्र्यौट १२ हजार ५ सय ९०, अन्य क्षेत्र शिर्षकमा १७ सय २० गरी २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरिएको हो । जिल्लामा संचालित एफएम रेडियो तथा केबल टिभिहरुले हरेक वर्षको पुस महिनामा रोयल्टी र असारमा नवीकरण गर्नुपर्ने हुन्छ ।
हुलाक शुल्क अन्र्तगत पार्सल आए बापतको ३२ हजार ४७२ र हुलाक सेवा शुल्क अन्र्तगत टिकट विक्रिबाट गत वर्षको साउनमा १ लाख १२ हजार ३३३, भदौमा १ लाख ११ हजार २२३, अशोजमा १ लाख ७ हजार ७५०, कार्तिकमा १ लाख १५ हजार ६४४, मंसिरमा १ लाख ७ हजार ६१, पुसमा १ लाख ४० हजार ७००, माघमा १ लाख २० हजार ३८५, फाल्गुनमा १ लाख ३१ हजार ५, चैत्रमा १ लाख २६ हजार ७६०, बैसाखमा ८१ हजार ४९०, जेष्ठमा १ लाख १८ हजार ६७० र असारमा १ लाख २९ हजार ६६५ रुपैँयाको टिकट विक्रि भएको कार्यालयले जनाएको छ ।
ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















