मृत अवस्थामा भेटिए वालिङका श्रेष्ठ
वालिङका,२६ साउन– वालिङ निगरपालिका ९ भुम्रे निवासी बसन्त श्रेष्ठ मृत अवस्थामा भेटिनुभएको छ । बिहीबार बिहान वालिङ नगरपालिका १३ गाहाखोला स्थित आँधिखोलामा जाने भित्री कच्चि सडक खण्डमा ग १६ प ५४६१ नम्बरको स्कुटी सहित ५५ वर्षीय श्रेष्ठलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कच्चि सडकको किनारमा लडिरहेको अवस्था सर्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेको र खबर पाए लगतै वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले मृतक श्रेष्ठको शवलाई मुचुल्का गरी गह्रौ प्राथमीक अस्पतालमा राखिएको छ । श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा वालिङ नगरपालिका ९ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
पिसजोन इन्डिग्रेटेड एजुकेशनल एकेडेमी वालिङ ९ भुम्रेका सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको श्रेष्ठको मृत्युलाई मृत्यु नभएर हत्या भएको हुनसक्ने सर्वसाधारणले आशंका गरेकाछन् । शिक्षा प्रेमी । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















