मत्ताको उदण्डता दस गुणा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ,२७ साउन– दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ। 

उदण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन्। त्यस्तै उदण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ। सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उदण्ड हात्तीलाई उदण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ। यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ। त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मारेको छ। 

धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा कम १८ जनाको ज्यान लिएको छ। रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेला उदण्डता मच्चाउने गरेका छन्। स्थानीयवासीलाई धेरै दुःख दिन थालेपछि हात्ती ओहोरदोहोर क्षेत्रमा स्थानीयवासीले करेन्ट छाड्दा मकुनाको करेन्टका कारण मृत्यु भइसकेको छ। चितवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आठ जना र गणेश हात्तीले पर्सा क्षेत्रमा आठ जनाको ज्यान लिएको छ।  

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बर्दिया दाह्रे नामक मत्ताले छ जनाको र कोसी क्षेत्रमा कोसी दाह्रेले तीन जनालाई मारेको छ। यसैगरी झापा, सप्तरी, कञ्चनपुरमा गरी विभिन्न मत्ताले छ जनाको ज्यान लिएको छ। 

सामान्यतः मत्ता भनेको मात्तिएको भन्ने बुझिन्छ। बर्दियामा मात्र युवा मत्ताको सङ्ख्या धेरै छ। युवास्थासँगै धारिलो दाह्रा निस्कने मत्ताले ती दाह्राकै कारणले बढी क्षति गर्ने गरेको छ। हात्तीको बथानबाट छुट्टिएका भाले हात्ती उमेर बढेसँगै मत्ता हुने र क्षुद्र स्वभाव देखाउने गरेकोले नेपालमा हात्तीबाट जनधनको क्षति भएको विज्ञहरूले बताएका छन्।

हात्तीका बारेमा विद्यावारिधि डा. अशोककुमार रामले मत्ता हात्तीका कारणले मात्रै धेरै जनधनको क्षति भएको छ। हुलका हुल बाँधेर हिँड्ने हात्तीले असुरक्षा महसुस नगरुञ्जेल मानिसमाथि आक्रमण र घर भत्काउनेसम्मको काम नगर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “देख्दा अजङ्ग शरीर भएको भए पनि हात्ती निकै शान्त प्राणी हो। वनजङ्गलमा विचरण गर्न र आफ्नो हिँड्ने बाटोमा अवरोध नआएसम्म हात्तीले कसैलाई क्षति पु-याउँदैन तर केही मत्ताको असाधारण व्यवहारले हात्तीको आनीबानीमा प्रश्न खडा गरेको छ।”

अर्का हात्तीविज्ञ डा. नरेन्द्रबाबु प्रधानले भन्नुभयो, “केही समस्याग्रस्त हात्तीको पहिचान गरी तिनको आनीबानी, विचरणको अवस्था नियमित अनुगमन गर्न रेडियो कलर गरेर सम्भावित क्षतिलाई कम गर्न सकिन्छ। आउँदा दिनमा सरकारले त्यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ।” यी मत्ताले विशेष गरेर साँझको समयमा बढी आक्रमण गरेको अध्ययनबाट देखिएको छ। साँझ साढे सात बजेदेखि साढे ११ बजेसम्म अधिकांश घटना भएका डा. रामले बताउनुभयो। 

विशेष गरी वनजङ्गल र बस्तीको छेउछाउमा अधिकांश घटना भएका छन् भने निकै न्यूून घटना बस्तीमा पसेपछि भएका छन्। बस्तीमा पसेको मत्ता हात्तीले जाँड, रक्सी राखेको घरमा पस्ने, भत्काउने, घरभित्र राखेको अन्नपात र नुनलाई बढी केन्द्रमा राखेर उदण्ड मच्चाउने गरेको उहाँले बताउनुभयो। स्रोतः गोरखापत्र

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal