आफ्नै बच्चालाई शौचालयको खाल्डोमा फालेर हत्या गरेको आरोपमा दुई जना पक्राउ
वालिङ,२२ साउन– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बच्चालाई शौचालयको खाल्डोमा फालेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गल्याङ नगरपालिका २ इलुङगाकी २२ लक्ष्मी रानाले आफ्नै ६ महिनाकी छोरीलाई शौचालयमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बच्चाकी आमा २२ लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको हो ।
यही साउन १० गते घरमा कसैलाई नसोधी आफ्नो ६ महिनाकी छोरी सहित सम्पर्क विहिन भएकी राना र कुमाललाई प्रहरीले गल्याङ बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
बुहारी सम्पर्क विहिन भएको र पाल्पाका केदार कुमालसंग भागि विवाह गरेको भन्ने आफुले सुचना पाएको भन्दै लक्ष्मीका ससुराले खोजतलास गरिदिन भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्ने क्रममा यही साउन २० गते शनिबार प्रहरीले राना र कुमाललार्ई गल्याङ बजारबाट नियन्त्तणमा लिएर थप अनुसन्धान कार्य अगाडी बढाएको छ ।
अनुसन्धानका क्रममा ६ महिनाकी छोरीलाई १० गते राति लक्ष्मी रानाले आफ्नै अस्थाई शौचालयको खाल्डोमा फालेको र खाल्डोमा सडेको अवस्थामा बच्चाको शब भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी राना र कुमाललाई ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान गरिएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















