सामाजिक सुरक्षा भत्त वितरण गर्न वालिङ नगरपालिका प्रमुख खाँण नगरवासीको घर दैलोमा
मणी प्रसाद अर्याल
वालिङ,२० साउन– वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण नागरिकको घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।
शुक्रबार वालिङ नगरपालिकाका १४ को विभिन्न टोल तथा घर–घरमा पुगेर नगरप्रमुख खाँणले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरप्रमुख खाँणले बैंकमा पुगेर जेष्ठ नानरिकहरुलाई भत्ता लिन समस्या हुने भएकोले घरदैलोमा नै आएर भत्ता वितरण गरेको बताउनुभयो ।
पछिल्लो समयमा कोभिड १९ को संक्रमण पनि बढिरहेको हुँदा संक्रमणको जोखिम न्युनिकरणको लागि पनि घर दैलोमै आएर भत्ता वितरण गरिएको नगरप्रमुख खाँणको भनाइ थियो । नगरप्रमुख खाँणले नगरबासीहरुको समस्यामा नगर सदैव साथमा रहेको बताउँदै नगरपालिका नागरिकको दैनिकीको सहयात्री बन्ने स्पष्ट पार्नुभयो ।
भत्ता वितरण कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । मेघा बैंक वालिङको समन्वयमा १ सय ५१ जना सेवाग्राहिहरुलाई सामाजिक सुुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















