सामाजिक सुरक्षा भत्त वितरण गर्न वालिङ नगरपालिका प्रमुख खाँण नगरवासीको घर दैलोमा


मणी प्रसाद अर्याल
वालिङ,२० साउन– वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण नागरिकको घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।

शुक्रबार वालिङ नगरपालिकाका १४ को विभिन्न टोल तथा घर–घरमा पुगेर नगरप्रमुख खाँणले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरप्रमुख खाँणले बैंकमा पुगेर जेष्ठ नानरिकहरुलाई भत्ता लिन समस्या हुने भएकोले घरदैलोमा नै आएर भत्ता वितरण गरेको बताउनुभयो ।

पछिल्लो समयमा कोभिड १९ को संक्रमण पनि बढिरहेको हुँदा संक्रमणको जोखिम न्युनिकरणको लागि पनि घर दैलोमै आएर भत्ता वितरण गरिएको नगरप्रमुख खाँणको भनाइ थियो । नगरप्रमुख खाँणले नगरबासीहरुको समस्यामा नगर सदैव साथमा रहेको बताउँदै नगरपालिका नागरिकको दैनिकीको सहयात्री बन्ने स्पष्ट पार्नुभयो ।

भत्ता वितरण कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । मेघा बैंक वालिङको समन्वयमा १ सय ५१ जना सेवाग्राहिहरुलाई सामाजिक सुुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

ताजा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal