आफ्नै बच्चालाई शौचालयको खाल्डोमा फालेर हत्या गरेको आरोपमा दुई जना पक्राउ

वालिङ,२२ साउन– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बच्चालाई शौचालयको खाल्डोमा फालेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गल्याङ नगरपालिका २ इलुङगाकी २२ लक्ष्मी रानाले आफ्नै ६ महिनाकी छोरीलाई शौचालयमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बच्चाकी आमा २२ लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको हो ।

यही साउन १० गते घरमा कसैलाई नसोधी आफ्नो ६ महिनाकी छोरी सहित सम्पर्क विहिन भएकी राना र कुमाललाई प्रहरीले गल्याङ बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
बुहारी सम्पर्क विहिन भएको र पाल्पाका केदार कुमालसंग भागि विवाह गरेको भन्ने आफुले सुचना पाएको भन्दै लक्ष्मीका ससुराले खोजतलास गरिदिन भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्ने क्रममा यही साउन २० गते शनिबार प्रहरीले राना र कुमाललार्ई गल्याङ बजारबाट नियन्त्तणमा लिएर थप अनुसन्धान कार्य अगाडी बढाएको छ ।

अनुसन्धानका क्रममा ६ महिनाकी छोरीलाई १० गते राति लक्ष्मी रानाले आफ्नै अस्थाई शौचालयको खाल्डोमा फालेको र खाल्डोमा सडेको अवस्थामा बच्चाको शब भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी राना र कुमाललाई ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान गरिएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal