अनेरास्ववियु स्याङ्जाद्वारा एसईई उत्रीर्ण विद्यार्थीलाई सम्मान
वालिङ,२० साउन– अनेरास्ववियु स्याङ्जाले एसईई परीक्षामा उत्रीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । अनेरास्ववियुले वालिङमा आज एक कार्यक्रमको आयोजना गरेर जिल्लाबाट एसईईमा परीक्षामा उत्रीर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।
नेकपा एमाले सचिव पद्मा अर्यालले सम्मान कार्यक्रममा बोल्दै राष्ट्रले खोज्ने मान्छे भएर जीवन सार्थक बनाउन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विद्यार्थीहरुलाई परीक्षा पास गर्नका लागि किताव पढ्ने र जीवन बदल्नका लागि बाहिरी अध्ययन गरेर ज्ञान बढाउनुपर्ने भन्दै अध्ययनको दायरा फराकिलो बनाउन सचिव अर्याले आग्रह गर्नभयो । उमेर बढ्दै जादा हामीले आफ्ना सिर्जनाहरुलाई ठीक ढङ्गले प्रयोग गर्नुपर्ने अर्यालको भनाई थियो । सिर्जनशिलताको विकास, प्रयोग र उन्नति प्रगति गर्ने उमेर युवावस्था भएको उल्लेख गर्दै सचिव अर्यालले ठुला ठुला अर्थशास्त्री, भूगोविद, दार्शनिक र राजनीतिज्ञहरु युवावस्थामै बनेको दृष्टान्त व्यक्त गर्नुभयो ।

एमाले सचिव अर्यालले भन्नुभयो, “जीवनलाई सार्थक बनाउने चीज भनेको तपाई जुन क्षेत्रमा उभिनुहुन्छ, जुन क्षेत्रमा हात हाल्नुहुन्छ त्यो क्षेत्रमा लागेर राष्ट्रले खोज्ने मान्छे बन्नुभयो भने जीवन सार्थक हुन्छ ।”
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य बुद्धिमान श्रेष्ठ, अनेरास्ववियु केन्द्रिय सचिव खेम मरासिनी, नेकपा एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे, भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल लगायतले बोल्नुभएको थियो ।
विद्यार्थीहरुको अध्ययनमा मनोवल बढाउने उद्देश्यले एसईईमा उत्रीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सगुन रानाले बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















