उपकार सहकारीद्वारा राहत रकम हस्तान्तरण
वालिङ,१९ साउन–उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई राहत हस्तान्तरण गरेको छ ।
सहकारीले मृगौला तथा क्यान्सर जस्ता रोगबाट पीडित हुनपुगेका शेयर सदस्यका लागि स्थापना गरेको कोषबाट रकम प्रदान गरेको हो । विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित शुशिला सेन ठकुरीलाई बिहीबार सेवाकेन्द्र दामाचौरमा एक कार्यक्रम गरी १५ हजार रुपैँया हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण गर्दै सहकारीका व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक परशुराम लम्सालले संस्थाले स्थापना गरेको उपकार राहत कोषबाट जटिल रोगको उपचारमा सहयोग कार्यक्रम अन्तर्गत मृगौला र क्यान्सरबाट पीडित शेयर सदस्यहरुलाई राहत स्वरुप रुं १५ हजार प्रदान गर्दै आएको बताउनुभयो ।
शेयर सदस्यहरुबाट जम्मा गरी स्थापना गरिएको राहतकोष रकमको व्याजबाट मृगौला र क्यान्सरबाट पीडित हुन गएका शेयर सदस्यहरुलाई राहत प्रदान गर्दै आएको संयोजक लम्सालले उल्लेख गर्नुभयो ।
संस्थाले कार्यविधि तयार पारेर अप्mठ्यारोमा परेका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै नवजात शिशु स्याहारका लागि र सदस्यको मृत्यु संस्कारमा समेत सहयोग गर्दै आएको व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक लम्सालले जानकारी गराउनुभयो ।
वालिङमा मुख्य कार्यालय रहेको सहकारीले वालिङ, कालिगण्डकीको मिर्मी, वालिङ १३ को बायँटारी, चापाकोटको दामाचौर र वालिङ ७ केवरेमा गरी पाँच ठाउँमा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















