उपकार सहकारीद्वारा राहत रकम हस्तान्तरण

वालिङ,१९ साउन–उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई राहत हस्तान्तरण गरेको छ ।

सहकारीले मृगौला तथा क्यान्सर जस्ता रोगबाट पीडित हुनपुगेका शेयर सदस्यका लागि स्थापना गरेको कोषबाट रकम प्रदान गरेको हो । विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित शुशिला सेन ठकुरीलाई बिहीबार सेवाकेन्द्र दामाचौरमा एक कार्यक्रम गरी १५ हजार रुपैँया हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण गर्दै सहकारीका व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक परशुराम लम्सालले संस्थाले स्थापना गरेको उपकार राहत कोषबाट जटिल रोगको उपचारमा सहयोग कार्यक्रम अन्तर्गत मृगौला र क्यान्सरबाट पीडित शेयर सदस्यहरुलाई राहत स्वरुप रुं १५ हजार प्रदान गर्दै आएको बताउनुभयो ।

शेयर सदस्यहरुबाट जम्मा गरी स्थापना गरिएको राहतकोष रकमको व्याजबाट मृगौला र क्यान्सरबाट पीडित हुन गएका शेयर सदस्यहरुलाई राहत प्रदान गर्दै आएको संयोजक लम्सालले उल्लेख गर्नुभयो ।

संस्थाले कार्यविधि तयार पारेर अप्mठ्यारोमा परेका सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै नवजात शिशु स्याहारका लागि र सदस्यको मृत्यु संस्कारमा समेत सहयोग गर्दै आएको व्यावसाय प्रवद्र्धन उप समितिका संयोजक लम्सालले जानकारी गराउनुभयो ।

वालिङमा मुख्य कार्यालय रहेको सहकारीले वालिङ, कालिगण्डकीको मिर्मी, वालिङ १३ को बायँटारी, चापाकोटको दामाचौर र वालिङ ७ केवरेमा गरी पाँच ठाउँमा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal