आचार्य बालकृष्णको ५०औँ जन्मोत्सवमा रक्तदान
वालिङ,१९ साउन– आचार्य बालबृष्ण महाराजको ५०औं जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पतञ्जली योग समिति जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले रक्तदान जिवनदान भएकाले स्वास्थ्य अवस्था अनुसार सम समयमा रक्तदान गर्न आवश्यक रहेको बताउनुभयो । हामीबाट संकलित थोपा थोपा रगतले मृत्युसंग लडिरहेका विरामीहरुको जीवन रक्षाको लागि महत्वपूर्ण सहयोग पुग्ने भएकाले सबैले यस कार्यमा सक्दो सहयोग गर्नु पर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
पतञ्जलीले समग्र वालिङको विकासका लागि जग्गा खरिद गरी परियोजना संचालन गर्न खोजेको भएपनि केहि कारणबस परियोजना रोकिएकाले यसको थप अनुसन्धान गरी परियोजना अगाडि बढाउन नगरपालिकाले प्रक्रिया शुरु गर्ने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले पतञ्जलीले योग मार्फत स्वस्थ जीवन यापनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा पतञ्जली परिसरमा जडीबुटी दिवसका अवसरमा विभिन्न प्रकारका जडीबुटीका विरुवा समेत रोपीएको थियो ।