लोकदोहोरी गायक कृष्ण देवकोटालाई पितृ शोक
पोखरा,१३ साउन– चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय कोषाध्यक्ष कृष्ण देवकोटालाई पितृ शोक परेको छ ।
पोखरा माहानगर पालिका २३ चापाकोटमा १९९२ पुस ८ गते जन्मनुभएका देवकोटाका बुवा नरपति देवकोटाको ८७ वर्षको उमेरमा शुक्रबार पोखराको विरौटा स्थित निवासमा निधन भएको हो ।
स्वर्गीय देवकोटाको आजै शान्ती घाट पोखरामा परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । उहाँको अन्तिम दाहसंस्कारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, कृष्ण कंडेल, दुर्गा रायमाँझी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश उपाध्यक्ष मोतिप्रसाद पौडेल लगायत उहाँका सुभेच्छुक तथा आफन्तहरुको सहभागिता रहेको थियो । स्वर्गीय देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी रहेकाछन् ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















