रोटरी क्लब वालिङको पदस्थापन


स्याङ्जा,८ साउन– रोटरी क्लब अफ वालिङको सातौँ पदस्थापन कार्यक्रम शनिबार वालिङमा सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष युवराज पाठकले सन २०२२÷०२३ की नवनिर्वाचित अध्यक्ष सीता पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको हो ।

पद हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले सामाजिक तथा मानविय सेवामा सक्रिय रोटरी क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । नगरप्रमुख खाँणले रोटरी क्लब संग सहकार्य गरेर सामाजिक क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो ।
रोटरी क्लबले वालिङमै सल्यक्रिया मार्फत बच्च जन्माउने व्यवस्थाको लागि आवाज उठाउदै स्मरण गर्दै नगरप्रमुख खाँणले नगरको आफु निर्वाचित भएपछि सल्यक्रिया मार्फत बच्च जन्माउने व्यवस्थाको पहिलो निर्णय नै गरी त्यसका लागि आवश्यक प्रक्रियाहरु अघि बढेको बताउनुभयो ।

कार्यक्रममा गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्यको क्षेत्रमा रोटरी निकै क्रियाशिल रहेको भन्दै कुनै एक संस्थाको क्रियाशिलताले मात्रै नपुग्ने र यसका लागि स्थानीय पालिकाले समेत सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा एजि प्रेम शर्मा र माधव सिग्देलले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सन २०२२÷०२३ को लागि नवनिर्वाचित रोटरी क्लबकी अध्यक्ष सिता पाण्डेले वालिङमा ब्लड बैंकको निकै आवश्यकता भएकोले नगरपालिकाको सहकार्यमा यसलाई समेत पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले ग्रामिण भेगमा रहेको दलित तथा विपन्न महिलाहरुको क्षमता अभिवृद्धिका लागि समेत आगामि दिनमा कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा व्युटिसियन एसोसियसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्याल, प्रेम भण्डारी, बिमल खनाल र जैसरा रेग्मीले नयाँ सदस्यता लिनुभएको छ ।
पूर्व अध्यक्ष मणि सुवेदीको स्वागत संगै सुरुभएको कार्यक्रम सीता पाण्डेको अध्यक्षता पूर्व अध्यक्ष सोमु रानाको संचालन र रोटरीयन इन्दु श्रेष्ठको धन्यवाद मन्तव्य संगै सम्पन्न भएको थियो

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal