ब्युटिपार्लर एशोसियसन स्याङ्जाका पदाधिकारी द्वारा शपथ ग्रहण
वालिङ,६ साउन– ब्युटिपार्लर एशोसियसन स्याङ्जाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शुक्रबार वालिङमा आयोजित शपथ ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन अधिकृत दिपक लम्सालले नवनिर्वाचित अध्यक्ष पुष्पा अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने त्यय पश्चात अध्यक्ष अर्यालले अन्य पदाधिकारीहरु तथा १७ सदस्यीय कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा ब्युटिपार्लर एशोसियसन गण्डकी प्रदेश अध्यक्ष रुपकला श्रेष्ठले ब्युटिपार्लर एशोसियसन सम्पुर्ण ब्युटिसियनहरुको साझा सांस्था भएकाले ब्यटिसियनहरुको पेशागत समस्या समाधान गरी अगाडि बढ्न संस्थाले मद्दत गर्ने बताउनुभयो । ब्युटिसियन क्षेत्र महिलाहरुलाई आत्मनिर्भर बनाई जिविकोपार्जन गर्ने पेशाको रुपमा विकसित भएको भन्दै संस्थागत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ब्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष तथा प्रदेशका वरिष्ठ उपाध्यक्ष चुत्रकुमारी थापा दुर्गा, ब्युटिपार्लर एशोसियनका निर्वतमान अध्यक्ष तथा प्रदेश सदस्य लिसु अधिकारी, प्रदेश महासचिव बविता केसीकार्की, कास्की अध्यक्ष सुष्मा गुरुङलगायतले बोल्नुभएको थियो । ब्युटिपार्लर एशोसियसनको गत असारमा सम्पन्न अधिवेसनले १७ सदस्यीय समिति निर्वाचित गरेको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















