वालिङका कृषकलाई कृषि सामग्री वितरण


वालिङ,२ साउन– वालिङ नगरपालिकामा रहेका कृषक तथा उद्यमीहरुलाई कृषि सामग्री तथा बिउबिजन वितरण गरिएको छ । कृषकका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउजन वितरण गरिएको हो । कृषि सामग्री हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनुभयो । तिवारीले भन्नुभयो, “कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं ।”
नयाँ व्यावसाय गर्न खोजेका युवाहरु तथा व्यावसाय प्रवद्र्धन गर्न चाहाने उद्यमीहरुलाई नगरपालिकामा सञ्चालनमा रहेको ईबिक शाखामा सम्पर्क गर्न समेत उपप्रमुख तिवारीले सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन बृद्धि गर्न सकिने बताउनु भयो । कृषक तथा उद्यमीहरुलाई उपलव्ध गराईएको सामग्रीहरुको सही सदुपयोग गर्न भट्टराईले आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल,एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal