वडाध्यक्षलाई घाेक्र्याएर पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही हुन्छ कि हुँदैन ? : भट्टराई

काठमाडौँ,२ साउन– नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । 

आज सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगर सभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गर्नुभयो । गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको तिलाेत्तमा नगरपालिकामा प्रहरीको ज्यादती गराएकाे आरोप सांसद भट्टराईकाे छ । वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न उहाँले माग गर्नुभयो । जनप्रतिनिधिलाई सार्वजनिक ठाउँमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँले बताउनुभयो । 

यस घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘तिलोत्तमा नगरपालिकामा हिजो डीएसपी ठगबहादुर केसीले त्यहाँकाे वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घाेक्र्याएर पाेखरीमा चाेबलेका छन् । यही हाे लाेकतन्त्र ? देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो ? विवाद हुन सक्छ, छलफल हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि पुलिस लगाएर शासन गर्ने कोसिस गरिन्छ ? गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको मातहतमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने ? त्यो डीएसपी कारबाहीमा पर्छन् कि पर्दैनन् हामी हेर्छाैँ । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्र्याएर पोखरीमा चोबल्ने डीएसपी कारबाहीमा पर्छ कि पर्दैन ? गृहमन्त्रीले के भन्नुहुन्छ ?’

सांसद देवकाेटाले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा पनि माग गर्नुभयो । लोकतन्त्रको मूल्य, मान्यता र संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँको भनाइ छ । प्रतिपक्ष दलबाट सभापति बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो । 

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँट गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले दाहालकाे भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँट गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनीसमेत दिनुभयो ।

सांसद भट्टराईले नागरिकतासम्बन्धी विधेयक ‘फास्ट ट्र्याक’ मा पारित गरेर नागरिकताविहीनहरूलाई नागरिकता दिलाउनुपर्ने बताउनुभयो ।उज्यालो

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal