जनप्रतिनिधिमाथि आक्रमण गर्ने डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै एमाले आन्दोलनमा
रुपन्देही,२ साउन– तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाउनुभएको छ । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।
बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाँण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ-आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आउनुभएको छ ।
आइतबार मेयरले कोरम नपुगेको भन्दै बैठक स्थगित गरेपछि एमाले जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा आफूहरूलाई हाजिर गर्न नदएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेको आरोप छ । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई धकेलेर कार्यक्रमस्थल मणिग्राम पार्टी प्यालेसको पौडीपोखरीमा पुर्याएपछि विवादले चर्को रूप लिएको छ ।
एमालेका जनप्रतितिनिधिले दाजु गृहमन्त्री बालकृष्ण खाँणको आडमा मेयरले प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाँणकै योजनामा बुटवल आएका डीएसपी केसीले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै विरोध गरिरहेको छ ।
यसै बीच डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गरिरहेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताउनुभएको छ ।
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















