गलेश्वरधाममा भक्तालुहरुको घुइँचो

अमृतप्रसाद पौडेल

म्याग्दी,२ साउन–साउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो ।

गलेश्वर दर्शनका लागि आइपुग्नुभएका सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश पराजुलीले काठमाडौंको पशुपति क्षेत्र र म्याग्दीको गलेश्वर धार्मिक मान्यताका हिसाबले हेर्दा उस्तै भएकोले गलेश्वर दर्शन गर्न परिवारसहित आएको उहाँले बताउनुभयो । 

पराजुलीले आफू केही दिनअघि पोखरा आइपुगेको र आज साउनको पहिलो सोमबार भएकाले पोखरादेखि गलेश्वर दर्शन गर्नकै लागि आएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार यसवर्ष बिहान ५ बजेभन्दा पहिलादेखि नै भक्तजनहरु गलेश्वर मन्दिरमा दर्शन तथा पुजा अर्चनाका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । 

यसवर्ष साउन महिनाको पहिलो सोमबारका दिन म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट दर्शनार्थी भक्तजनले शिवालयमा पूजाआजा गरेको उहाँले बताउनुभयो । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर शिवालय क्षेत्र विकास कोषले सहज पूजा आजाको व्यवस्थापन मिलाएको जनाएको छ । 

खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिला आफ्नो श्रीमान्को दीर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् । विवाहित महिला श्रीमान्को दिर्घायुको कामनासहित पुजाअर्चना गर्दछन् । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal