गलेश्वरधाममा भक्तालुहरुको घुइँचो

अमृतप्रसाद पौडेल

म्याग्दी,२ साउनसाउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो ।

गलेश्वर दर्शनका लागि आइपुग्नुभएका सर्वोच्च अदालतका पूर्व मुख्य न्यायाधीश पराजुलीले काठमाडौंको पशुपति क्षेत्र र म्याग्दीको गलेश्वर धार्मिक मान्यताका हिसाबले हेर्दा उस्तै भएकोले गलेश्वर दर्शन गर्न परिवारसहित आएको उहाँले बताउनुभयो । 

पराजुलीले आफू केही दिनअघि पोखरा आइपुगेको र आज साउनको पहिलो सोमबार भएकाले पोखरादेखि गलेश्वर दर्शन गर्नकै लागि आएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार यसवर्ष बिहान ५ बजेभन्दा पहिलादेखि नै भक्तजनहरु गलेश्वर मन्दिरमा दर्शन तथा पुजा अर्चनाका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । 

यसवर्ष साउन महिनाको पहिलो सोमबारका दिन म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट दर्शनार्थी भक्तजनले शिवालयमा पूजाआजा गरेको उहाँले बताउनुभयो । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर शिवालय क्षेत्र विकास कोषले सहज पूजा आजाको व्यवस्थापन मिलाएको जनाएको छ । 

खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिला आफ्नो श्रीमान्को दीर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् । विवाहित महिला श्रीमान्को दिर्घायुको कामनासहित पुजाअर्चना गर्दछन् । 

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal