नौमती बाजा संरक्षणमा पालिकाको चासो
खेमराज गौतम
गलकोट,२ साउन– बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् ।
पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदशे पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् ।
उनीहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले तीन वर्षअघिनै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो ।
यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो । नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ । काठेखोला गाउँपालिकाले आठवटै वडामा एक–एक नौमती बाजा समूहलाई नौमती बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजा वितरण गरिसकेको छ ।
काठेखोला गाउँपालिकाका आठवटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको रु १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौषला मिलेको थियो । काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन् ।
जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ ।
मल्म वडा कार्यालयको रु दुई लाख र स्थानीय बाजा समूहको रु ४५ हजार साझेदारीमा बाजा समूहलाई एक÷एक थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो ।
“नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ तर उहाँहरुलाई नजिकको सरकारले हौषला दिनुपर्दछ, पुस्ता हस्तान्तरण अभावमा लोप हुँन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजा खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसअघि जिल्लाका अन्य पालिकाका वडाले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुशरण गरेका हौँ, थोरै बजेटमा धेरै सकारात्मक काम समेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ ।”
निर्वतमान वडाध्यक्ष टीकाबहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । बाजा निर्माणको चाँजोपाँजो भने चर्चित सङ्गीतकार आशिष अविरलले गर्नुभएको थियो ।
गलकोट लोक संस्कृतिको थलो बन्दै गइरहेको सन्र्दभमा आगामी दिनमा नौमती बाजा तालिम केन्द्रसमेत स्थापना गर्ने उद्देश्यअनुरुप अहिले नौमती बाजा वितरण गरिएको निर्वतमान वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
गलकोट –७ मल्मको सिरवारे नमूना टोल विकास संस्थाअन्तर्गत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामग्री सहयोग गरिएको हो । परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानका रुपमा स्थापित छ ।
पछिल्लो समय स्थानीयमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका बाध्यबाधक तथा कलाकार नयाँ बाजा सामग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितिका कलाकार राजकुमार दर्जीले जानकारी दिनुभयो ।
नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलीमै काठमाडौँमा तयार गरिएको थियो । नौमती बाजा बजाएरै यहाँका दलित कलाकारले आफ्नो गुजारा समेत चलाउँदै आएका छन् । गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजनासमेत अघि सारेको वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।
विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बागलुङमा बढी मात्रमा प्रचलित छ । बागलुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ । गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखरासम्म माग हुँदै आएको छ । रासस
ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार





















