जनप्रतिनिधिमाथि आक्रमण गर्ने डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै एमाले आन्दोलनमा

रुपन्देही,२ साउन– तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाउनुभएको छ । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।
बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाँण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ-आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आउनुभएको छ ।
आइतबार मेयरले कोरम नपुगेको भन्दै बैठक स्थगित गरेपछि एमाले जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा आफूहरूलाई हाजिर गर्न नदएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेको आरोप छ । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई धकेलेर कार्यक्रमस्थल मणिग्राम पार्टी प्यालेसको पौडीपोखरीमा पुर्याएपछि विवादले चर्को रूप लिएको छ ।
एमालेका जनप्रतितिनिधिले दाजु गृहमन्त्री बालकृष्ण खाँणको आडमा मेयरले प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाँणकै योजनामा बुटवल आएका डीएसपी केसीले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै विरोध गरिरहेको छ ।
यसै बीच डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गरिरहेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताउनुभएको छ ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार