महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन प्रति कालीगण्डकी गाउँपालिका स्याङ्जाको ध्यानाकर्षण

वालिङ,१ साउन– कालीगण्डकी गाउँपालिकाको कार्यालय बिर्घा स्याङ्जाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आज गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले एक प्रेस विज्ञप्ती जारी गर्दै गत असार २९ गते सार्वजनिक गरिएको ५९ औं वार्षिक प्रतिवेदन २०७९ को पेज नं ६९९ को बुदा नं २१९ मा उल्लेख भएको बाटो सफाई सम्बन्धी शीर्षकमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको नाम उल्लेख भएको र सोही आधारमा विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बाटो सरसफाईका लागि २६ पटक रकमान्तर गरी आर्थिक अनियमितता गरेको भनी फैलाईएको अफवाहबारे गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको गाउँपालिकका अध्यक्ष थापाद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ । गण्डकी प्रदेशको सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिका विकासका सबै आयामका हिसाबले अब्बल रहेको यथार्थता सबै सामु प्रष्ट नै छ । विकास एवं प्रशासनिक गतिविधीहरु सञ्चालन गर्ने क्रममा विभिन्न ऐन नियमहरुको पालना गर्नुपर्ने हुन्छ र कालीगण्डकी गाउँपालिका यस सन्दर्भमा संवेदनशिल छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्न गाउँर नगरसभाको निर्णय आवश्यक हुन्छ । नेपालमा कुनै पनि पालिका छैन होला जसले एक आर्थिक वर्षमा २६ पटक रकमान्तर गरि खर्च गरेको होस । कालीगण्डकी गाउँपालिकाको स्थापनादेखि हालसम्म ५ वर्षको अवधिमा जम्मा १० पटक मात्र गाउँसभाको बैठक बसेको र सोही अनुसार एक आर्थिक वर्षमा एक पटक मात्र गाउँसभाको निर्णयबाट मात्र रकमान्तर गरिएको प्रष्ट पार्न चाहन्छु अध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

आर्थिक वर्ष २०७६÷ण्७७ र ०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा स्याङ्जा जिल्लाकै कम बेरुजुमा पर्ने पालिकाको रुपमा कालीगण्डकी गाउँपालिका (स्याङ्जा) सावित भईसकेको छ । आर्थिक वर्ष २०७७ र ०७८ को मलेपको प्रारम्भिक प्रतिवेदनमा समेत कहिं ( कतै पनि २६ पटक रकमान्तर र बाटो सफाई सन्दर्भमा आर्थिक अनियमितता गरेको भनी उल्लेख नभएको, उक्त प्रकृतिको काम यस कालीगण्डकी गाउँपालिकामा नभएको र भविष्यमा समेत गर्न नमिल्ने कामलाई लिएर टिकाटिप्पणी, अर्नगल प्रचार–प्रसार एवं भ्रमित पार्ने काम कसैबाट पनि नगर्न र नगराउनु हुन हार्दिक अनुरोध गर्दछु अध्यक्ष थापाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal