उन्नत जातको धानमा कृषकको आकर्षण बढ्यो, असारको अन्तिम सम्ममा स्याङ्जामा ८१ प्रतिशत रोपाइँ

गोपाल जिटी
वालिङ,१ साउन– असार महिना सकिदासम्म स्याङ्जामा ८१ प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने कुल भू–भागमध्ये ८१ प्रतिशतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । ट्र्याक्टर लगायत आधुनिक प्रविधिको प्रयोग गरिन थाले पनि कतिपय स्थानमा पुरानै शैलिमा गोरुले जोतेर रोपाइँ गर्ने प्रचलन कायमै छ । बाँझो खेतमा असारको सुरुदेखि रोपाइँ हुने गर्दछ भने मकैखेतमा साउनको पहिलोसाता सम्म रोपिन्छ । अधिकांश किसानहरुले भने यसवर्षको धान रोपाइँको मैझारो गरिसकेका छन् ।
स्याङ्जाका किसानहरु अहिले आएर उन्नत जातको धानमा आकर्षित भएका छन् । खान मिठो र हाईब्रिट जत्तिकै उत्पादन हुनेभएपछि किसानहरु उन्नत जातको धानमा आकर्षित भएका हुन् । केन्द्रका प्रमुख हमालका अनुसार जिल्लामा हाईब्रिट र स्थानीय जातका तुलनामा धेरैले उन्नत जातका धान लगाएका छन् । हाईब्रिट धानमा कालो पोके किराले आक्रमण गर्ने तथा प्राकृतिक प्रकोपले छिट्टै असर गर्ने भएकाले पनि कृषकहरु उन्नत जातका धानमा आकर्षित भएका केन्द्रका प्रमुख हमालको भनाई छ ।
किसानहरुले विशेषगरी साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ र १२ लगायतका उन्नत जातका धान लगाउने गरेका छन् । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय धान पनि रोपिन्छन् । धान बाली मुख्य खाद्यान्न बाली हो । जिल्लाको आँधीखोलाका किनार, फेँदिखोला, पुतलीबजार, वालिङ, भीरकोटलगायत भेगका धेरै स्थानमा रोपाइँअन्तिम चरणमा पुगेको छ । गल्याङका तल्लो भेग, चापाकोट, ज्याग्दी फाँट, कालीगण्डकीका केहि भेगमा भने रोपाइँ भईरहेको छ । जिल्लामा धान खेति हुने कूल भु—भाग १६ हजार ८ सय ३० हेक्टर छ । यसमध्ये १३ हजार ६ सय ३२ हेक्टरमा रोपाइँ सकिएको ज्ञानकेन्द्रले जनाएको छ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार