उन्नत जातको धानमा कृषकको आकर्षण बढ्यो, असारको अन्तिम सम्ममा स्याङ्जामा ८१ प्रतिशत रोपाइँ


गोपाल जिटी
वालिङ,१ साउन– असार महिना सकिदासम्म स्याङ्जामा ८१ प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने कुल भू–भागमध्ये ८१ प्रतिशतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । ट्र्याक्टर लगायत आधुनिक प्रविधिको प्रयोग गरिन थाले पनि कतिपय स्थानमा पुरानै शैलिमा गोरुले जोतेर रोपाइँ गर्ने प्रचलन कायमै छ । बाँझो खेतमा असारको सुरुदेखि रोपाइँ हुने गर्दछ भने मकैखेतमा साउनको पहिलोसाता सम्म रोपिन्छ । अधिकांश किसानहरुले भने यसवर्षको धान रोपाइँको मैझारो गरिसकेका छन् ।

स्याङ्जाका किसानहरु अहिले आएर उन्नत जातको धानमा आकर्षित भएका छन् । खान मिठो र हाईब्रिट जत्तिकै उत्पादन हुनेभएपछि किसानहरु उन्नत जातको धानमा आकर्षित भएका हुन् । केन्द्रका प्रमुख हमालका अनुसार जिल्लामा हाईब्रिट र स्थानीय जातका तुलनामा धेरैले उन्नत जातका धान लगाएका छन् । हाईब्रिट धानमा कालो पोके किराले आक्रमण गर्ने तथा प्राकृतिक प्रकोपले छिट्टै असर गर्ने भएकाले पनि कृषकहरु उन्नत जातका धानमा आकर्षित भएका केन्द्रका प्रमुख हमालको भनाई छ ।

किसानहरुले विशेषगरी साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ र १२ लगायतका उन्नत जातका धान लगाउने गरेका छन् । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय धान पनि रोपिन्छन् । धान बाली मुख्य खाद्यान्न बाली हो । जिल्लाको आँधीखोलाका किनार, फेँदिखोला, पुतलीबजार, वालिङ, भीरकोटलगायत भेगका धेरै स्थानमा रोपाइँअन्तिम चरणमा पुगेको छ । गल्याङका तल्लो भेग, चापाकोट, ज्याग्दी फाँट, कालीगण्डकीका केहि भेगमा भने रोपाइँ भईरहेको छ । जिल्लामा धान खेति हुने कूल भु—भाग १६ हजार ८ सय ३० हेक्टर छ । यसमध्ये १३ हजार ६ सय ३२ हेक्टरमा रोपाइँ सकिएको ज्ञानकेन्द्रले जनाएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal