साउने सक्रान्ती विशेष ः हराउँदै गयो तिउरी लगाउने प्रचलन
कला राना
वालिङ,१ साउन– पछिल्लो समय साउने सक्रान्ती पर्वसंग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहेन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एकप्रकारको बनस्पती हो । असार साउनमा फुल्ने फुल तथा सौन्र्यताका लागी हातमा लगाईने र बँगैचामा सजावटका लागी लगाईने बनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको दिन बेलुका घरघरमा लुतो फाल्ने र हातभरी सौन्दर्यताका लागी तिउरी लगाउने परम्परा छ ।
तर पछिल्लो समय आधुनिकिकरण तथा बढ्दो शहरीकरणले यस्ता परम्परा हराउँदै जान थालेका छन् । भीरकोट ५ की कृष्णकुमारी भन्नुहुन्छ, ‘हाम्रा पालामा साउने सक्रान्तीमा दिनभरी तिउरी बटुल्ने र बेलुका तिउरीलाई कुटेर तिउरीको लेप हात तथा खुट्टामा लगाईन्थ्यो । आजभोली तिउरी बारेमा जानकारी समेत छैन् ।’ कृष्णकुमारीले थप्नुुहुन्छ । ‘परम्परात रुपमा तिउरीको लेप हातमा लगाएर गाभा अर्था पातले छोपेर हात मुठ्ठि पारेर सुत्थ्यौँ । ति दिन सम्झँदा रमाईलो लाग्छ । भोली पल्ट कसको हातमा कत्तीको रातो बस्यो भनेर चर्चा र्गथ्यौँ ।’
वालिङ ५ की धनमाया गुरुङले तिउरी लगाउने चलन कम हुँदै गएको बताउनुहुन्छ । धनमायाले भन्नुभयो, ‘पहिला पहिला दाजुभाई दिदिबहिनी सबै जम्मा भएर तिउरी लगाउने गरिन्थ्यो । यसले साउने सक्रान्ती पर्वमा रौनकता थपिन्थ्यो । ग्रामिण भेगमा तिउरी लगाउने परम्परामा पहिलाको जस्तो रौनकता छैन् ।’ देउमाया गुरुङ सम्झनुहुन्छ । ‘साउने सक्रान्तीमा जंगलमा पाईने मकरकाजी भन्ने बनस्पतीमा तिउरी मिसाएर थिँचेर खाना खाईसकेपछि । हात, नङमा लगाइन्थ्यो । हात मुठी पारेर पातले छोपेर बाँधेर सुत्थ्यौँ र भोली पल्ट हातमा रातो तथा गुलाबी रंग आउँदा छुट्टै खसी हुन्थ्यो ।’ आजभोली बजारमा पाइने मेहेन्दीले हात रंगाउने गरिन्छ तर मेहेन्दी अन्य दिनहरुमा पनि लगाईने भएकाले तिउरीको महत्व विशेष रहेको देउमायाले बताउनुभयो ।
बजारमा आउने रेडिमेट मेहेन्दीको प्रयोगले आजभोलीका नयाँ पुस्तालाई तिउरीको बारेमा त्यति जानकारी छैन् । साउने सक्रान्तीका दिन तिउरी छुनै पर्छ भन्ने मान्यता समेत छ । मेहेन्दी अन्य पर्व तथा विभिन्न कार्यक्रमहरुमा लगाईने भएपनि तिउरी भने वर्षको एक दिन साउने सक्रान्तीमा मात्रै लगाईन्छ । हातलाई तिउरीले रंगाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । जेठ असार महिनामा धान रोपेर हिलोमैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्ने समेत जानकारहरु बताउँछन् । यसमा हुने एन्टिब्याक्टेरियलले विभिन्न छाला सम्बन्धी रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्ने वनस्पति विज्ञहरु बताउँछन् ।
तिउरीको रस लगाउँदा यसले हिलोले खाएर बनेको घाउलाई निको पार्ने भएकाले पनि साउनमा तिउरी लगाउने परम्परा विज्ञानसंग जोडिएको मानिन्छ । तर आजभोली लगाईने मेहेन्दीको भने प्राकृतिक एवं आयुर्वेदिक औषधिको महत्वभन्दा पनि फेसनको शृङ्गारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ । तिउरी फूलको बिरुवाको विभिन्न भाग जस्तै पातबाट निकालिएको जुस छाला सम्बन्धी रोग, पोलेको ठाउँ र सर्पको टोकाइमा प्रयोग गरिने वनस्पति विज्ञ बताउँछन् ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















