साउने सक्रान्ती विशेष ः हराउँदै गयो तिउरी लगाउने प्रचलन

कला राना
वालिङ,१ साउन– पछिल्लो समय साउने सक्रान्ती पर्वसंग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहेन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एकप्रकारको बनस्पती हो । असार साउनमा फुल्ने फुल तथा सौन्र्यताका लागी हातमा लगाईने र बँगैचामा सजावटका लागी लगाईने बनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको दिन बेलुका घरघरमा लुतो फाल्ने र हातभरी सौन्दर्यताका लागी तिउरी लगाउने परम्परा छ ।
तर पछिल्लो समय आधुनिकिकरण तथा बढ्दो शहरीकरणले यस्ता परम्परा हराउँदै जान थालेका छन् । भीरकोट ५ की कृष्णकुमारी भन्नुहुन्छ, ‘हाम्रा पालामा साउने सक्रान्तीमा दिनभरी तिउरी बटुल्ने र बेलुका तिउरीलाई कुटेर तिउरीको लेप हात तथा खुट्टामा लगाईन्थ्यो । आजभोली तिउरी बारेमा जानकारी समेत छैन् ।’ कृष्णकुमारीले थप्नुुहुन्छ । ‘परम्परात रुपमा तिउरीको लेप हातमा लगाएर गाभा अर्था पातले छोपेर हात मुठ्ठि पारेर सुत्थ्यौँ । ति दिन सम्झँदा रमाईलो लाग्छ । भोली पल्ट कसको हातमा कत्तीको रातो बस्यो भनेर चर्चा र्गथ्यौँ ।’
वालिङ ५ की धनमाया गुरुङले तिउरी लगाउने चलन कम हुँदै गएको बताउनुहुन्छ । धनमायाले भन्नुभयो, ‘पहिला पहिला दाजुभाई दिदिबहिनी सबै जम्मा भएर तिउरी लगाउने गरिन्थ्यो । यसले साउने सक्रान्ती पर्वमा रौनकता थपिन्थ्यो । ग्रामिण भेगमा तिउरी लगाउने परम्परामा पहिलाको जस्तो रौनकता छैन् ।’ देउमाया गुरुङ सम्झनुहुन्छ । ‘साउने सक्रान्तीमा जंगलमा पाईने मकरकाजी भन्ने बनस्पतीमा तिउरी मिसाएर थिँचेर खाना खाईसकेपछि । हात, नङमा लगाइन्थ्यो । हात मुठी पारेर पातले छोपेर बाँधेर सुत्थ्यौँ र भोली पल्ट हातमा रातो तथा गुलाबी रंग आउँदा छुट्टै खसी हुन्थ्यो ।’ आजभोली बजारमा पाइने मेहेन्दीले हात रंगाउने गरिन्छ तर मेहेन्दी अन्य दिनहरुमा पनि लगाईने भएकाले तिउरीको महत्व विशेष रहेको देउमायाले बताउनुभयो ।
बजारमा आउने रेडिमेट मेहेन्दीको प्रयोगले आजभोलीका नयाँ पुस्तालाई तिउरीको बारेमा त्यति जानकारी छैन् । साउने सक्रान्तीका दिन तिउरी छुनै पर्छ भन्ने मान्यता समेत छ । मेहेन्दी अन्य पर्व तथा विभिन्न कार्यक्रमहरुमा लगाईने भएपनि तिउरी भने वर्षको एक दिन साउने सक्रान्तीमा मात्रै लगाईन्छ । हातलाई तिउरीले रंगाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । जेठ असार महिनामा धान रोपेर हिलोमैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्ने समेत जानकारहरु बताउँछन् । यसमा हुने एन्टिब्याक्टेरियलले विभिन्न छाला सम्बन्धी रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्ने वनस्पति विज्ञहरु बताउँछन् ।
तिउरीको रस लगाउँदा यसले हिलोले खाएर बनेको घाउलाई निको पार्ने भएकाले पनि साउनमा तिउरी लगाउने परम्परा विज्ञानसंग जोडिएको मानिन्छ । तर आजभोली लगाईने मेहेन्दीको भने प्राकृतिक एवं आयुर्वेदिक औषधिको महत्वभन्दा पनि फेसनको शृङ्गारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ । तिउरी फूलको बिरुवाको विभिन्न भाग जस्तै पातबाट निकालिएको जुस छाला सम्बन्धी रोग, पोलेको ठाउँ र सर्पको टोकाइमा प्रयोग गरिने वनस्पति विज्ञ बताउँछन् ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार