चापाकोटमा रक्तदान कार्यक्रम सम्पन्न
वालिङ,३२ असार– चापाकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चापाकोट उपसाखाको आयोजना नेपाल रेडक्रस सोसाईटी स्याङजाको प्राविधिक सहयोग र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । ४ महिला र २८ पुरुष गरी ३२ जनाले रक्तदान गरेका हुन् ।
संक्लित ३२ युनिट रगत स्याङ्जाको ब्लड बैंकमा राखिएको छ । पछिल्लो समय स्याङ्जा स्थित ब्लड बैंकमा रगत अभाव भएकापछि रेडक्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरिएको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । जिल्लाका ११ पालिकाको सहयोगमा स्थापित ब्लड बैंकमा रगत अभाव रहेको सभापति अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो,‘रगत अभाव भएकाले हामीले अनुरोध गरेर रक्तदान कार्यक्रम गरिएको हो । संकलित ३२ युनिट रगतले एक हप्तासम्म काम गर्छ ।’ अन्य विभिन्न संघसंस्थाहरुलाई समेत रगत अभाव भएकाले रक्तदान कार्यक्रम गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।
स्याङ्जा स्थित ब्लड बैंकमा १२० यनिट रगत राख्ने क्षमता छ । चापाकोट स्थित गंगालाल माविमा भएको रक्तदान कार्यक्रममा बोल्नुहुँदै चापाकोट नगरउपप्रमुख ईशा रानाले मानव सेवाको सबैभन्दा ठुलो धर्म नै रगतदान भएकाले नगरपालिकाले यस्ता मानविय कार्यमा सँधै सहकार्य गर्ने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















