कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनबारे छलफल : अर्को बैठक शनिबार बस्ने

काठमाडौं,३० असार– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा छलफल भएको छ।

केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सोमबारदेखि जारी बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आजको केही केन्द्रीय सदस्य संसदमा जानुपरेको बताउनुहुँदै बैठकमा पार्टीलाई कसरी मजबुत बनाउने र कांग्रेसले सफलता हासिल गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।“समसामयिक राजनीतिक विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा अझै केन्द्रीय सदस्यले धारणा राख्नेक्रम चलिरहेको पनि महतले जानकारी दिनुभयो । आज परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत केही मन्त्रीले जवाफ दिनुभएको उहाँले उल्लेख गर्नुभयो।मन्त्री खड्काले सरकारले गरेका कामका विषयमा बुँदागत रुपमा प्रस्तुत गर्नुभएको छ।

भोलि पनि उपसभामुख चयन र विधयेक लगायतका विषय रहेको र संसदमा जानुपर्ने भएकोले  एक, दुई दिनमा अन्तिम निष्कर्ष निकालेर बैठकको निर्णय हुने उहाँले बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal