एम. अधिकारी र गभर्नर अधिकारी एउटै व्यक्ति होइन : एमाले

लक्की चौधरी

काठमाडौं,३० असार– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो पार्टीको कुनै सदस्य र विभागको जिम्मेवारीमा नरहेको प्रष्ट पारेको छ । गभर्नर अधिकारी एमालेको विभागमा रहेको समाचार केही सञ्चार माध्यममा प्रकाशन भएपछि एमालेले सो विषय स्पष्ट पारेको हो । 

पार्टीको अर्थ तथा योजना विभाग अन्तर्गत राखिएको नाममा एम. अधिकारी (खोटाङ) राखिएको नामबाट केहीमा भ्रम पर्न गएको भएपनि सो व्यक्ति गभर्नर नभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रष्ट पार्नुभएको छ । 

उहाँले पार्टीको नाममा विज्ञप्ति जारी गर्नुहुँदै भन्नुभएको छ, “अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।”

पार्टीको कमिटी र विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको पनि कार्यालय सचिव अधिकारीले प्रष्ट पार्नुभएको छ । सो नामको व्यक्ति गभर्नर नरहनुभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । 

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal