एम. अधिकारी र गभर्नर अधिकारी एउटै व्यक्ति होइन : एमाले
लक्की चौधरी
काठमाडौं,३० असार– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो पार्टीको कुनै सदस्य र विभागको जिम्मेवारीमा नरहेको प्रष्ट पारेको छ । गभर्नर अधिकारी एमालेको विभागमा रहेको समाचार केही सञ्चार माध्यममा प्रकाशन भएपछि एमालेले सो विषय स्पष्ट पारेको हो ।
पार्टीको अर्थ तथा योजना विभाग अन्तर्गत राखिएको नाममा एम. अधिकारी (खोटाङ) राखिएको नामबाट केहीमा भ्रम पर्न गएको भएपनि सो व्यक्ति गभर्नर नभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रष्ट पार्नुभएको छ ।
उहाँले पार्टीको नाममा विज्ञप्ति जारी गर्नुहुँदै भन्नुभएको छ, “अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।”
पार्टीको कमिटी र विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको पनि कार्यालय सचिव अधिकारीले प्रष्ट पार्नुभएको छ । सो नामको व्यक्ति गभर्नर नरहनुभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























