गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीका बुबाआमाको नाममा करोड बढि रकम

पोखरार,२५ असार– गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलका बुबाको नाममा स्मृती कोष निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री नेपालीका बुबा गोवर्धन शर्माको नाममा व्यास नगरपालिका १० पोख्रेल फाटमा स्मृती कोषको निर्माण गर्न सो रकम विनियोजन गरिएको हो । सामाजिक विकास कार्यालय तनहुँ मार्फत कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको हो ।

यसै गरी सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका मातापिताको नाममा स्थापना गरिएको ट्रस्टलाई प्रदेश सरकारल एक करोड विनियोजन गरेको छ । यस अघि वार्षिक विकास पुस्तिकामा समेटन पठाएको कार्यक्रम अर्थ मन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय आमा धनकुमारी श्रेष्ठ र बुबा पुननारायण श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०÷५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रस्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

स्याङजाको भीरकोट नगरपालिका १ मा भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बुबाआमाको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन गरेको भन्दै सर्वत्र बिरोध भइरहेको छ ।

यसअघि असार १ मा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थ मन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ ।

सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले विरोध जनाएका थिए ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal