हत्केलामा ज्यान, पढाइमा ध्यान

अमरराज नहर्की

तनहुँ,२२ असार– व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । 

युविना मात्रै होइन, अरू विद्यार्थी पनि वर्षायाममा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । पुल नभएको ठाडो खोला उर्लिएर आउने भएकोले बालबालिकालाई खोला तार्न अभिभावक नै आउनुपर्ने बाध्यता छ । विद्यालयका प्रधानाध्यापक माधव खनालले अभिभावक नभएको बेला बालबालिका हत्केलामा ज्यान राखेर आफैँ खोलो तर्ने गरेको बताउनुभयो । 

उहाँले सो विद्यालयका अतिरिक्त सेरा, घाँसीकुवा र बेल्टारीफाँटमा पुल नहुँदा दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, व्यास नगरपालिका–११, फराकचौरस्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका साथै विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने दुई सयभन्दा धेरै विद्यार्थीलाई आवतजावतमा समस्या परेको बताउनुभयो ।  

खोलाले गर्दा विद्यार्थीको हरेक वर्ष असारदेखि भदौसम्म पठनपाठनमा बाधा पुग्ने गरेको छ । पुल नहुँदा विद्यार्थी आवतजावतमा समस्या पर्नुका साथै कृषिउपजको बिक्री वितरणका लागि समस्या हुने गरेको छ । व्यास नगरपालिका–११, सेराका कृषक रमेश आचार्यले स्थानीयवासीको राजनीतिक पहुँच नहुँदा खोलामा पुल निर्माण हुन नसकेको बताउनुभयो । 

व्यास नगरपालिका–११ पोल्याङ, खनाल गाउँका भानुभक्त सोतीले यस क्षेत्रमा पर्ने तनहुँसुर, फराकचौर, बेल्टार, पोल्याङ, जिम्माल गाउँ, बोर्धन, सेरा, मूलपानीलगायतका गाउँका बासिन्दा प्रभावित हुने गरेको बताउँदै विद्यार्थीलाई खोला तर्न निकै समस्या परेको गुनासो गर्नुभयो । “विद्यार्थीलाई खोलाले बगाउँछ कि भन्ने डर छ,” उहाँले भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम मगरले पुल निर्माणका लागि धेरै पटक सम्बन्धित निकायलाई घचघच्याउँदा पनि वास्ता नगरिएको बताउँदै यसले गर्दा विद्यार्थीको पढाइ निकै प्रभावित भएको बताउनुभयो । व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले आफूले चुनावका बेला नै खोलामा पुल हाल्ने प्रतिबद्धता व्यक्त गरेको र सो पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिएको बताउनुभयो । स्रोतःगोरखापत्र

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal