रक्त क्यान्सर संग जुधिरहेका शिशिरको उपचारमा आर्थिक अभाव, सहयोगको लागि परिवारको अपिल
वालिङ,२२ असार– कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि वालिङ १० का रामु पंगेनीको निद्रा हराएको छ । छोराको उपचारका लागि अर्थिक अभावले पंगेनी परिवार यतिवेला चिन्तित छन् ।
१८ वर्षिय छोरा शिशिर पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मिनभवन काठमाण्डौमा विगत एक महिनादेखि उपचाररत छन् । उच्च शिक्षाका लागि आफ्नै मामासंग पोखरामा अध्यायन गरिरहेका शिशिरलाई दाँतवाट रक्तश्राव भएपछि पोखरामा स्वास्थ्य परिक्षण गर्दा रक्त क्यान्सर देखापरेको थियो । उनको थप उपचारको लागि सिभिल अस्पताल काठमाण्डौ लगिएको शिशिरका मामा खेम अर्यालले जानकारी दिनुभयो ।
सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टी गरेपछि उनको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ । शिशिरका बुवा आमा यतिवेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुनेभएपछि आफन्त र सहयोगी समक्ष गुहार मागेका छन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाख सम्म खर्च लाग्ने अनुमान गरेपछि उनका परिवारले सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।
शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उनका बावु आमा खेती किसान गर्ने कृषक हुन् । छोराको उपाचारका लागि आफूसंग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उनकी आमा सीता पंगेनीले बताउनुभयो । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसंग आग्रह गरेकी छु, सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा रहेको र सबैलाई सहयोग गर्न समेत सीताले अपिल गनुृभ्यो ।
शिशिरको उपचारको लागि खर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ । उनका आफन्त र परिवारले यतिवेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । उनको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरि शिशिर पंगनीलाई बचाउन परिवारले अपिल गरेका छन् ।
शिशिरको उपचारको लागि पोर्चुगलवाट अर्जुन अर्याल, विपिन अर्याल लगायतले आर्थिक संकलन अभियान सुरु गरिसकेको जानकारी दिनुभएको छ । भने वालिङमा रहेका उनका परिवारले समेत आर्थिक सहयोग संकलन सुरु गरेको उनका काका वुद्धी पंगेनीले जानकारी दिनुभयो । शिशिरको उपचारको लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आफ्नो फेसवुक पेजवाट शिशिरलाई आर्थिक सहयोग गरी उनको उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















