रक्त क्यान्सर संग जुधिरहेका शिशिरको उपचारमा आर्थिक अभाव, सहयोगको लागि परिवारको अपिल


वालिङ,२२ असार– कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि वालिङ १० का रामु पंगेनीको निद्रा हराएको छ । छोराको उपचारका लागि अर्थिक अभावले पंगेनी परिवार यतिवेला चिन्तित छन् ।

१८ वर्षिय छोरा शिशिर पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मिनभवन काठमाण्डौमा विगत एक महिनादेखि उपचाररत छन् । उच्च शिक्षाका लागि आफ्नै मामासंग पोखरामा अध्यायन गरिरहेका शिशिरलाई दाँतवाट रक्तश्राव भएपछि पोखरामा स्वास्थ्य परिक्षण गर्दा रक्त क्यान्सर देखापरेको थियो । उनको थप उपचारको लागि सिभिल अस्पताल काठमाण्डौ लगिएको शिशिरका मामा खेम अर्यालले जानकारी दिनुभयो ।
सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टी गरेपछि उनको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ । शिशिरका बुवा आमा यतिवेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुनेभएपछि आफन्त र सहयोगी समक्ष गुहार मागेका छन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाख सम्म खर्च लाग्ने अनुमान गरेपछि उनका परिवारले सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।

शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उनका बावु आमा खेती किसान गर्ने कृषक हुन् । छोराको उपाचारका लागि आफूसंग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उनकी आमा सीता पंगेनीले बताउनुभयो । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसंग आग्रह गरेकी छु, सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा रहेको र सबैलाई सहयोग गर्न समेत सीताले अपिल गनुृभ्यो ।

शिशिरको उपचारको लागि खर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ । उनका आफन्त र परिवारले यतिवेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । उनको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरि शिशिर पंगनीलाई बचाउन परिवारले अपिल गरेका छन् ।

शिशिरको उपचारको लागि पोर्चुगलवाट अर्जुन अर्याल, विपिन अर्याल लगायतले आर्थिक संकलन अभियान सुरु गरिसकेको जानकारी दिनुभएको छ । भने वालिङमा रहेका उनका परिवारले समेत आर्थिक सहयोग संकलन सुरु गरेको उनका काका वुद्धी पंगेनीले जानकारी दिनुभयो । शिशिरको उपचारको लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आफ्नो फेसवुक पेजवाट शिशिरलाई आर्थिक सहयोग गरी उनको उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal