एमालेले बनायो विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति

काठमाडौं, १९ असार– नेकपा (एमाले) को सचिवालय बैठकले  स्थानीय निर्वाचन परेको उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको छ। 

पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको हो। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार ललितपुरस्थित केन्द्रीय कर्यालयमा बसेको बैठकले १३ विभागको सचिव मनोनयन गरेको जानकारी दिनुभयो। 

वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संसदीय विभागमा डा. सूर्य पाठक, सामाजिक सेवामा नेत्र तिम्सिना मनोनयन गरिएको गुरुङले बताउनुभयो। 

यसैगरी, संस्कृति विभाग राजेश थापा, स्थानीय तह विकासमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्रमा अन्जान शाक्य, संघीय मामिलामा शिव गुरुङ, ऊर्जा तथा जलश्रोतमा पुष्प ज्योति ढुंगाना र कानुन विभागमा डिल्लीराम मैनाली मनोनयन हुनुभएको छ। 

उहाँले भन्नुभयो, “बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल र केही नीति गत निर्णय भएको छ। सबै जिल्ला कमिटी, प्रदेशमा असार मसान्तसम्म स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन तयार गरेर केन्द्रीय समितिमा पठाउनुपर्ने निर्णय गरेको छ।”

जनप्रतिनिधि प्रशिक्षण, प्राकृतिक विपद् व्यवस्थापनका लागि स्वयम्सेवी संगठन तयार पार्ने लगायत समसामयिक राजनीतिक विषयमा देशैभरमा केन्द्रीय स्तरको प्रशिक्षणका लागि जिम्मेवारी बाँडफाट गर्ने निर्णय भएको छ। जसअनुसार प्रदेश नम्बर १ को जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशको उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीको विष्णु पौडेल, गण्डकीको अष्टलष्मी शाक्य, लुम्बिनीको सुवासचन्द्र नेम्वाङ, कर्णालीको रामबहादुर थापा र सुदूरपश्चिमका लागि युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिइएको छ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal