एमालेले बनायो विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति
काठमाडौं, १९ असार– नेकपा (एमाले) को सचिवालय बैठकले स्थानीय निर्वाचन परेको उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको छ।
पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको हो। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार ललितपुरस्थित केन्द्रीय कर्यालयमा बसेको बैठकले १३ विभागको सचिव मनोनयन गरेको जानकारी दिनुभयो।
वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संसदीय विभागमा डा. सूर्य पाठक, सामाजिक सेवामा नेत्र तिम्सिना मनोनयन गरिएको गुरुङले बताउनुभयो।
यसैगरी, संस्कृति विभाग राजेश थापा, स्थानीय तह विकासमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्रमा अन्जान शाक्य, संघीय मामिलामा शिव गुरुङ, ऊर्जा तथा जलश्रोतमा पुष्प ज्योति ढुंगाना र कानुन विभागमा डिल्लीराम मैनाली मनोनयन हुनुभएको छ।
उहाँले भन्नुभयो, “बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल र केही नीति गत निर्णय भएको छ। सबै जिल्ला कमिटी, प्रदेशमा असार मसान्तसम्म स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन तयार गरेर केन्द्रीय समितिमा पठाउनुपर्ने निर्णय गरेको छ।”
जनप्रतिनिधि प्रशिक्षण, प्राकृतिक विपद् व्यवस्थापनका लागि स्वयम्सेवी संगठन तयार पार्ने लगायत समसामयिक राजनीतिक विषयमा देशैभरमा केन्द्रीय स्तरको प्रशिक्षणका लागि जिम्मेवारी बाँडफाट गर्ने निर्णय भएको छ। जसअनुसार प्रदेश नम्बर १ को जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशको उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीको विष्णु पौडेल, गण्डकीको अष्टलष्मी शाक्य, लुम्बिनीको सुवासचन्द्र नेम्वाङ, कर्णालीको रामबहादुर थापा र सुदूरपश्चिमका लागि युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिइएको छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















