शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोतः नगरप्रमुख खाँण
शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोतः नगरप्रमुख खाँण
वालिङ,१४ असार– वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले शक्तिको सबैभन्दा ठूलो श्रोत मानव श्रोत भएको बताउनुभएको छ ।
मङ्गलबार ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पुनर्ताजगी कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख खाँणले पशुको स्वास्थ्य मानव स्वास्थ्यसँग जोडिएको बताउनुभएको हो । मानव स्वास्थ्य सबल हुन पशुको स्वास्थ्य पनि सबल हुनुपर्ने खाँणको भनाइ रहेको थियो । उँहाले अमूक प्राणीको समस्या बुझेर तिनीहरुको स्वास्थ्योपचार गर्ने कार्य जटिल भएकोेले पशुप्राविधिकहरुले पूण्यको काम गरेको बताउनुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो, “अहिले विश्वका धेरै मानवसमुदायले पशुजन्य उत्पादनबाट लाभ लिइरहेकोले आर्थिक वृद्धिको लागि पशु स्याहार पनि महत्वपूर्ण भएको छ ।” त्यसैले यसको स्वास्थ्यमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । नगरप्रमुख खाँणले किसानहरुका समस्या बुझेर गुणस्तरीय सेवा प्रदान गर्न पशुस्वास्थ्य कार्यकर्ताहरुलाई आग्रह गर्दै तालिममा सिकेका कुराहरुलाई प्रभावकारी ढङ्गले उपयोग गर्न आग्रह गर्नुभयो ।
वालिङको समृद्धिको लागि किसानहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै पशुपालक किसानहरुलाई चाहिने सम्पूर्ण सेवाहरु उपलब्ध गराउन नगरपालिका तत्पर रहेको नगरप्रमुख खाँणको भनाइ थियो ।
तालिमका सहभागीहरुले बेला बेलामा तालिम तथा गोष्ठीहरुको आयोजना गरी नयाँ सीप तथा ज्ञानहरुको साटासाट गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । वालिङ नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा असार १२ देखि ३ दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका २३ जना पशु स्वास्थ्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























