भीरकोट नगरपालिकाको बजेट ७५ करोड ४ लाख
वालिङ,१३ असार– भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ७५ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको बजेट मध्ये चालु खर्चतर्फ ४३ करोड १७ लाख ४८ हजार र सशर्त अनुदानतर्फको चालु खर्च २४ करोड ८९ लाख र नगरपालिकातर्फको चालु खर्च १८ करोड २८ लाख ४८ हजार रहेको छ । त्यसैगरी कुल विनियोजनमध्ये पूँजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार र सामाजिक सुरक्षा खर्चतर्फ १६ करोड रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये गत वर्षको नगद मौज्दातबाट २ करोड ५० लाख, आन्तरिक राजस्वबाट ४ करोड, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० करोड ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ३ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख व्यहोरिनेछ । बजेटमा सडकको स्तरउन्नतीका साथै कालोपत्रे गर्ने कार्यलाई समेटिएको छ भने आँधीखोलाको किनारमा रहेको बस्ती तथा खेतियोग्य जमीनको संरक्षण गर्न तटबन्धन गर्ने कार्यलाई बजेटमा प्राथमिकताका साथ राखिएको छ ।
भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यद्वारा प्रस्तुते वार्षिक नीति तथा कार्यक्रममा दिगो सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।
अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुका साथै स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाच गरेर सुत्केरी पश्चात तीन पटक स्वास्थ्य जाच गराउने सुत्केरी महिलालाई प्रसुती पोषण भत्ता उपलब्ध गराउने कुरा समेत बजेटमा उल्लेख गरिएको छ । समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्त र बृदबृद्धाहरुलाई बैंक संगको सहकार्य र समन्वयमा घर घरमा पुगेर वितरण गर्ने ब्यवस्था मिलाउने समेत उल्लेख गरिएको छ ।
ताजा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार























