वालिङ नगरपालिकाद्वारा सुझाव संकलन
मणी अर्याल
असार,७ वालिङ– वालिङ नगरपालिकाले सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुतको पूर्व सन्ध्यामा अन्तरकृया कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रतुत गर्ने तयारिमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको बारेमा सुझावहरु संकलन गरेको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नगरवासिहरुले उठाएका विषयहरुलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख खाँणले आम नगरवासिहरुको राय सुझावबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल ÷टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरुमाझ जानकारी गराउन अनुरोध गर्नुभयो ।
नगरको विकासका लागि समग्र नगरवासि र जनप्रतिनिधिहरुका बिचमा समन्वय आवश्यक रहेको बताउदै नगरभित्रका समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नु पर्ने नगरप्रमुख खाँणको भनाइ थियो । नगरप्रमुख खाँणले भन्नुभयो, “सिमित बजेटको परिधी भित्र रहेर नगरवासिका धेरै कामहरु गर्नु पर्ने बाध्यात्मक परिस्थिती रहेपनि सकेसम्म धेरै भन्दा धेरै कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समेटिने छ ।”
कार्यक्रममा नगरउपप्रमुख कविता गैह्रेले नगरपालिको हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने बताउनुभयो । स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह्रेको भनाई थियो ।
वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम यही ८ गते प्रस्तुत गरिने जनाएको छ । नीति,कार्यक्रम तथा बजेट माथिको छलफलका लागि गरिएको सुझाव संकलन कार्यक्रममा सहभागिहरुले खानेपानी,ढल निकास,सडकको स्तरोन्नती,फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























