वालिङ नगरपालिकाद्वारा सुझाव संकलन
मणी अर्याल
असार,७ वालिङ– वालिङ नगरपालिकाले सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुतको पूर्व सन्ध्यामा अन्तरकृया कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रतुत गर्ने तयारिमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको बारेमा सुझावहरु संकलन गरेको हो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नगरवासिहरुले उठाएका विषयहरुलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख खाँणले आम नगरवासिहरुको राय सुझावबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल ÷टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरुमाझ जानकारी गराउन अनुरोध गर्नुभयो ।
नगरको विकासका लागि समग्र नगरवासि र जनप्रतिनिधिहरुका बिचमा समन्वय आवश्यक रहेको बताउदै नगरभित्रका समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नु पर्ने नगरप्रमुख खाँणको भनाइ थियो । नगरप्रमुख खाँणले भन्नुभयो, “सिमित बजेटको परिधी भित्र रहेर नगरवासिका धेरै कामहरु गर्नु पर्ने बाध्यात्मक परिस्थिती रहेपनि सकेसम्म धेरै भन्दा धेरै कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समेटिने छ ।”
कार्यक्रममा नगरउपप्रमुख कविता गैह्रेले नगरपालिको हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने बताउनुभयो । स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह्रेको भनाई थियो ।
वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम यही ८ गते प्रस्तुत गरिने जनाएको छ । नीति,कार्यक्रम तथा बजेट माथिको छलफलका लागि गरिएको सुझाव संकलन कार्यक्रममा सहभागिहरुले खानेपानी,ढल निकास,सडकको स्तरोन्नती,फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार























