चापाकोट र रामपुरमा विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

फाइल तस्विर:
वालिङ,३० जेठ- विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।

स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिनुभयो ।

“यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेशन जानुभएको थियो”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौँ, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेश गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुने छ ।”

सम्भावित स्थानको आधारभूत तथ्याङ्क सङ्कलन गरिएको उहाँले बताउनुभयो । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो ।

“प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीयस्तरबाट निर्माण कार्यका लागि राजी छौँ भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनका काम अगाडि बढ्नेछ ।”

स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटकपटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ । रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal