एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौँ,२६ जेठ– एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग-यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो । 

दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक एक गोल गरे । ओल्वानले खेलको ६९औँ मिनेटमा तथा दारदौरले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ ।   

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal