जिसस लमजुङको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ
बेलिना थापा
लमजुङ,२६जेठ– जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।
मतदाता १६ जना रहेकोमा १६ मत नै खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालकाअनुसार उपप्रमुख र सदस्य पदमा एमालेका उम्मेदवार निर्विरोध भइसक्नुभएको छ ।
उपप्रमुख पदमा बेँसीसहर नगरपालिका ७ का बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित हुनुभयो । महिला सदस्यमा मस्र्याङ्दी गाउँपालिका ३ का बबिता मजाकोटी सार्की, मध्यनेपाल नगरपालिका ३ की शारदा साँखी, सुन्दरबजार नगरपालिका २ की विमला खड्का निर्वाचित हुनुभयो ।
खुला सदस्यमा मध्यनेपाल नगरपालिका ८ का मोहनबहादुर गुरुङ, दोर्दी गाउँपालिका ६ का शेरबहादुर बोगटी र बेँसीशहर नगरपालिका ६ का केशरबहादुर खत्री, अल्पसंख्यक सदस्यमा सुन्दरबजार नगरपालिका ११ का गमबहादुर दुरा निर्वाचित हुनुभयो ।
जिल्ला समन्वय समितिमा एक जना प्रमुख, एक जना उपप्रमुख, ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक गरी बढीमा ८ जना सदस्य चुनिने व्यवस्था छ । प्रमुख पदमा निर्वाचन भएपनि अन्य पदहरुमा निर्विरोध चयन भएको हो ।
जिल्ला समन्वय समितिको प्रतिनिधि चुन्ने निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता थिए । लमजुङको ८ पालिकाका १६ जना मतदातामध्ये ९ जना एमालेबाट निर्वाचित भएका छन् । एमालेको पक्षमा १० मत आएको छ । नेपाली कांग्रेसको ५ जना र नेकपा माओवादी केन्द्रको २ जना मतदाता हुनुहुन्थ्यो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















