जिसस लमजुङको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ

बेलिना थापा

लमजुङ,२६जेठ– जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।

मतदाता १६ जना रहेकोमा १६ मत नै खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालकाअनुसार उपप्रमुख र सदस्य पदमा एमालेका उम्मेदवार निर्विरोध भइसक्नुभएको छ । 

उपप्रमुख पदमा बेँसीसहर नगरपालिका ७ का बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित हुनुभयो । महिला सदस्यमा मस्र्याङ्दी गाउँपालिका ३ का बबिता मजाकोटी सार्की, मध्यनेपाल नगरपालिका ३ की शारदा साँखी, सुन्दरबजार नगरपालिका २ की विमला खड्का निर्वाचित हुनुभयो । 

खुला सदस्यमा मध्यनेपाल नगरपालिका ८ का मोहनबहादुर गुरुङ, दोर्दी गाउँपालिका ६ का शेरबहादुर बोगटी र बेँसीशहर नगरपालिका ६ का केशरबहादुर खत्री, अल्पसंख्यक सदस्यमा सुन्दरबजार नगरपालिका ११ का गमबहादुर दुरा निर्वाचित हुनुभयो ।  

जिल्ला समन्वय समितिमा एक जना प्रमुख, एक जना उपप्रमुख, ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक गरी बढीमा ८ जना सदस्य चुनिने व्यवस्था छ । प्रमुख पदमा निर्वाचन भएपनि अन्य पदहरुमा निर्विरोध चयन भएको हो । 

जिल्ला समन्वय समितिको प्रतिनिधि चुन्ने निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता थिए । लमजुङको ८ पालिकाका १६ जना मतदातामध्ये ९ जना एमालेबाट निर्वाचित भएका छन् । एमालेको पक्षमा १० मत आएको छ । नेपाली कांग्रेसको ५ जना र नेकपा माओवादी केन्द्रको २ जना मतदाता हुनुहुन्थ्यो । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal