वालिङमा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण संगै प्रमाणपत्र प्रदान
वालिङ,५ जेठ– स्थानीय तहको निर्वाचन सम्पन्न इन मत गणना सकिए संंगै बिहीबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण कार्यक्रम सम्मपन्न भएको छ ।
वालिङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान एवं सपथ ग्रहण कार्यक्रम सम्मन्न गरिएको छ । वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्ण खाँणले जिल्ला न्यायाधिशबाट सपथ लिए संगै वालिङ नगरपालिकामा उपप्रमुख कविता तिवारी सहित नगरका १४ ओटाका वडाका अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको हो ।
सपथ ग्रहण गर्नु पूर्व निर्वाचन अधिकृतको कार्यालय वालिङका निर्वाचन अधिकृत उदविर नेपालीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीप प्रताप खाँणले कानूनका आधारमा काम गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा नगरपालिकाले धेरै कानूनहरु बनाएको र त्यसैको आधारमा कार्य गर्न आग्रह गर्दै निवर्तमान प्रमुख खाँणले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी कार्यवाहक नगर प्रमुख समेत रहनुभएकी उप प्रमुख कल्पना तिवारीले नीति, विधि र पद्धतिका आधारमा नगरका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । आँफ्नो पाँच वर्षे कार्यकालमा पूर्वाधार विकासका आधारशिला बनेको बताउदै तिवारीले स्मार्ट नगरको वीस वर्षे कार्य योजनालाई अगाडि बढाएर स्मार्ट वालिङको सपना साकार पार्न आग्रह गर्नुभयो । १४ वडा रहेको वालिङमा वडा वडा नम्बर १, २, ५, १०, ११ र १४ गरी ६ वडा अध्यक्षमा नेपाली कांगे्रसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ३, ४, ६, ७, ८, ९, १२, र १३ गरी ८ ओटा वडाको अध्यक्षमा नेकपा एमालका उम्मेदवार विजयी भएका छन् ।
ताजा
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार























