स्याङ्जाका स्थानीय तहका प्रमुखद्वारा सपथ ग्रहण
स्याङ्जा,५ जेठ– जिल्लाका ११ ओटा स्थानीय तहका प्रमख एंव अध्यक्षले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् । स्याङजाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलबाट पालिकाका प्रमुख एंव अध्यक्षले सपथ लिएका हुन् ।
नवनिर्वाचित पुतलीबजार नगरपालिकाका तुलसीराम रेग्मी, वालिङका कृष्ण खाँण, गल्याङका गुरुप्रसाद भट्टराई, भीरकोटका गोविन्द कर्माचार्य, चापाकोटका देबबहादुर खाँण तथा फेदिखोला गाउँपालिकाका घनश्याम सुवेदी, आँधिखोलाका विश्व पौडेल, अर्जुनचौपारीका प्रकाश तिवारी, कालीगण्डकीका खिम थापा, विरुवाका सूर्य कँुवर र हरिनासका खिमनारायण मानन्धरले सपथ लिनुभएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा पालिकाका प्रमुखमा विजयी उम्मेदवारहरुले पद तथा गोपनियताको सपथ लिएका हुनु । सपथ गराउँदै प्रमुख निर्वाचन अधिकृत पौडेलले जिल्लामा भएरहित वातावरणमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउँनुभयो । उहाँले सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिँदै स्थानीय तहको अधिकार भित्र रही विकास र समृद्धि गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले अघिल्लो कार्यकालका जनप्रतिनीधिले स्थानीय तहको भौतिक पूर्वाधार, कानून निर्माण लागयतमा आधार स्तम्भ तयार पारेकाले बाँकी काममा खटिन अनरोध गर्नुभयो । उहाँले जिल्ला समन्वय समितको गठन तर्फ लक्षित गर्दै मतदाताले २ पार्टीलाई मिलेर जान सन्देश दिएकाले सहकार्य र सहअस्तित्वबाट अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले यसअघि दलिय प्रतिनीधिको रुपमा प्रतिष्पर्धामा भएपनि निर्वाचित भएपछि सबैको प्रनितिनिधी भएकाले साझा भई भूमिका निभाउन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















