स्याङ्जाका स्थानीय तहका प्रमुखद्वारा सपथ ग्रहण

स्याङ्जा,५ जेठ– जिल्लाका ११ ओटा स्थानीय तहका प्रमख एंव अध्यक्षले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् । स्याङजाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलबाट पालिकाका प्रमुख एंव अध्यक्षले सपथ लिएका हुन् ।
नवनिर्वाचित पुतलीबजार नगरपालिकाका तुलसीराम रेग्मी, वालिङका कृष्ण खाँण, गल्याङका गुरुप्रसाद भट्टराई, भीरकोटका गोविन्द कर्माचार्य, चापाकोटका देबबहादुर खाँण तथा फेदिखोला गाउँपालिकाका घनश्याम सुवेदी, आँधिखोलाका विश्व पौडेल, अर्जुनचौपारीका प्रकाश तिवारी, कालीगण्डकीका खिम थापा, विरुवाका सूर्य कँुवर र हरिनासका खिमनारायण मानन्धरले सपथ लिनुभएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा पालिकाका प्रमुखमा विजयी उम्मेदवारहरुले पद तथा गोपनियताको सपथ लिएका हुनु । सपथ गराउँदै प्रमुख निर्वाचन अधिकृत पौडेलले जिल्लामा भएरहित वातावरणमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउँनुभयो । उहाँले सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिँदै स्थानीय तहको अधिकार भित्र रही विकास र समृद्धि गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले अघिल्लो कार्यकालका जनप्रतिनीधिले स्थानीय तहको भौतिक पूर्वाधार, कानून निर्माण लागयतमा आधार स्तम्भ तयार पारेकाले बाँकी काममा खटिन अनरोध गर्नुभयो । उहाँले जिल्ला समन्वय समितको गठन तर्फ लक्षित गर्दै मतदाताले २ पार्टीलाई मिलेर जान सन्देश दिएकाले सहकार्य र सहअस्तित्वबाट अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले यसअघि दलिय प्रतिनीधिको रुपमा प्रतिष्पर्धामा भएपनि निर्वाचित भएपछि सबैको प्रनितिनिधी भएकाले साझा भई भूमिका निभाउन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले गर्नुभएको थियो ।

ताजा

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal