कालीगण्डकी गाउँपालिकामा खिमबहादुर थापा विजयी
वालिङ,२ जेठ– कालीगण्डकी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका खिमबहादुर थापा गाउँपालिका अध्यक्षमा र सावित्रा कोइराला उपाध्यक्षमा विजयी हुनुभएको छ ।
थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी माया रानालाई १ हजार ६ सय ४५ मतको अन्तरले पछि पार्दै थापाले ६ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्दी माया रानाले ५ हजार ५५ मत ल्याएर पराजित हुनुभएको छ ।
त्यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला विजयी हुनुभएको छ । कोइरालाले गठबन्धनका बोम बहादुर लामिछानेलाई १३ सय ९३ मतको फराकिलो मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको छ ।
उपाध्यक्ष उम्मेदवार कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा एमालेले वडा नम्बर १,३ र ६ गरि तीन ओटा वडामा विजयी हासिल गरेको छ भने गठबन्धनले २,४,५ र ७ गरी चार ओटा वडामा विजयी हासिल गरेको छ । १७ हजार ९ सय ३८ मतदाता रहेकोमा १२ हजार २ सय ७१ मतदाताले मतदान गरेका थिए । गाउँपालिका अध्यक्ष थापा र उपाध्यक्ष कोइराला पुन सोही पदमा दोहोरिनुभएको हो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















