कालीगण्डकी गाउँपालिकामा खिमबहादुर थापा विजयी
वालिङ,२ जेठ– कालीगण्डकी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका खिमबहादुर थापा गाउँपालिका अध्यक्षमा र सावित्रा कोइराला उपाध्यक्षमा विजयी हुनुभएको छ ।
थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी माया रानालाई १ हजार ६ सय ४५ मतको अन्तरले पछि पार्दै थापाले ६ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्दी माया रानाले ५ हजार ५५ मत ल्याएर पराजित हुनुभएको छ ।
त्यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला विजयी हुनुभएको छ । कोइरालाले गठबन्धनका बोम बहादुर लामिछानेलाई १३ सय ९३ मतको फराकिलो मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको छ ।
उपाध्यक्ष उम्मेदवार कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा एमालेले वडा नम्बर १,३ र ६ गरि तीन ओटा वडामा विजयी हासिल गरेको छ भने गठबन्धनले २,४,५ र ७ गरी चार ओटा वडामा विजयी हासिल गरेको छ । १७ हजार ९ सय ३८ मतदाता रहेकोमा १२ हजार २ सय ७१ मतदाताले मतदान गरेका थिए । गाउँपालिका अध्यक्ष थापा र उपाध्यक्ष कोइराला पुन सोही पदमा दोहोरिनुभएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















