स्याङ्जाको पालिका स्तरमा एमालेको विजयी सुरुवात, मानन्धर बने पुनः हरिनासको अध्यक्ष
वालिङ,१ जेठ- स्याङ्जाकाे हरिनास गाउँपालिकाबाट नेकपा एमालेले जिल्लाको पालिकास्तरमा आँफनो विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न मतगणनासँगै पालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी हुनुभएको हो । मानन्धरले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतान्तरमा जीत हाँसिल गर्नुभएको हो । मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी टोपबहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाउनु भएको थियो । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकै इन्द्राकुमारी थापा राना विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
एमालेकी इन्द्रा कुमारी थापा रानाले ४ हजार ७ सय ४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी मिठु लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गर्नुभएको थियो । योसहित हरिनास गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा नं. ३,४,६ र ७ गरी चारवटा वडाहरुमा एमालेबाट वडा अध्यक्षपदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा नं.१,२ र ५ गठबन्धनले जीतेको छ । हरिनास गाउँपालिकामा १४ हजार ८ सय १९ जना मतदाता रहेकोमा ९ हजार ८ सय १३ जनाले मतदान गरेका थिए ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार






















