स्याङ्जाको पालिका स्तरमा एमालेको विजयी सुरुवात, मानन्धर बने पुनः हरिनासको अध्यक्ष
वालिङ,१ जेठ- स्याङ्जाकाे हरिनास गाउँपालिकाबाट नेकपा एमालेले जिल्लाको पालिकास्तरमा आँफनो विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न मतगणनासँगै पालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी हुनुभएको हो । मानन्धरले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतान्तरमा जीत हाँसिल गर्नुभएको हो । मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी टोपबहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाउनु भएको थियो । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकै इन्द्राकुमारी थापा राना विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
एमालेकी इन्द्रा कुमारी थापा रानाले ४ हजार ७ सय ४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी मिठु लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गर्नुभएको थियो । योसहित हरिनास गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा नं. ३,४,६ र ७ गरी चारवटा वडाहरुमा एमालेबाट वडा अध्यक्षपदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा नं.१,२ र ५ गठबन्धनले जीतेको छ । हरिनास गाउँपालिकामा १४ हजार ८ सय १९ जना मतदाता रहेकोमा ९ हजार ८ सय १३ जनाले मतदान गरेका थिए ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















