एमालेको विजयलाई कसैले रोक्न सक्दैन ः उपमहासचिव ज्ञवाली
चपाकोट,२७ वैशाख– नेपाल कम्युष्टि पार्टी नेकपा एमालेका महासचिव प्रदिप कुमार ज्ञवालीले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकोले असल जनप्रतिनिधिहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचलाई लक्षित गरेर नेकपा एमाले चापाकोट नगर कमिटी द्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव एंव पूर्व प्रराष्ट्र मन्त्री समेत रहनुभएका ज्ञवालीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अभूतपूर्व विजयी हासिल गर्ने बताउनुभयो ।
नेकपा एमालेका जितका निश्चित आधार भएकोले कसैले पनि रोक्न नसक्ने बताउदै एमालेले लिएको सहित नीति, सहि बिचार र राष्ट्रिय राजनीतिमा एमालेले खेलेका सहि भूमिकाकाहरुले गर्दा नेकपा एमाले जनताको पार्टीका रुपमा स्थापित भएको उपमहासचिव ज्ञवालीको भनाइ थियो ।
नेकपा एमालेको सहि नीति र बिचारका कारण सत्तामा भएको नेपाली कांग्रेसका नेता एवं कार्यक्रता एमालेमा प्रवेश गरेको नेता ज्ञवालीले बताउनुभयो । पाँच दलिय गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेपनि एमालेको विजयलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
नेकपा एमालेले मात्रै देशको मुहार फेर्न सक्ने बताउदै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई मतदान गर्न उपमहासचिव ज्ञवालीले आग्रह गर्नुभयो ।
ज्ञवालीले भन्नुभयो, “देशको नक्सा फेर्न सक्ने एमालेले मात्रै तिब्र गतिमा विकास गरेर देशको मुहार फेर्न सक्छ ।” त्यसैले ढुक्क भएर एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनुहोस् तपाईहरुको सुखदुःखमा एमालेका उम्मेदवारहरु संगै रहेर काम गर्नुहुन्छ ।
नेकपा एमालेको तर्फबाट चापाकोट नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका राजु कोइरालाले चापाकोटको समग्र विकासका लागिनेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो । यसै गरी उम्मेयरकी उम्मेदवार सृष्टि मल्लले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनचाहाना अनुसार काम गर्ने पार्टी नेकपा एमालेका सबै उम्मेवारहरुलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार






















