को हुन ? कृष्ण खाँण, “तपाई हामीलाई मतदान गर्नुहोस् हामी शासक होइन सेवक बनेर आउँनेछौं”

सहयोगी मनका धनी मनकारी खाँण

वालिङ,२७ वैशाख– २०२६ साल वैशाख ३ गते वालिङ एक रामबाच्छामा जन्मीएका कृष्ण खाँण सानै उमेर देखि सामाजिक सेवामा रमाउने विद्यार्थी जीन संगै राजनीतिमा लागेर नेपालको बामपन्थि आनदोलनलाई योगदान पुर्याउदै आउँनुभएका एक सचेत र कर्मठ योद्धाका रुपमा चिनिदै आउँनुभएको छ ।

पूर्णामृतभवानी माध्यामिक विद्यालय वालिङमा शिक्षण पेशामा आवद्ध खाँण आफुले गर्दै आएको शिक्षण पेशालाई छाडेर २०५४ सालको निर्वाचनमा वालिङ नगरपालिकाको मेयरको उम्मेदवारी बन्नुभएको थियो । सो निर्वाचनमा आफुले चाहेजस्तो नतिजा नआएपनि खाँणले आफ्नो राजनीतिक जीवनलाई समाज सेवामा लगाउन भने कत्ति पनि कन्जुस्याई गर्नु भएन वरु उहाँ जनताको सुखदुःखमा झनै सकृय भएर लाग्नुभयो त्यसैको परिणाम रुवरुप कृष्ण खाँण भनेर बालक देखि जेष्ठ नागरिक सम्म सायदै नचिन्ने कमै होलान ।

जहाँ समस्या त्यहाँ कृष्ण खाँण भन्ने एउटा मानक स्थापीत गर्न सफल भएको योद्धाको रुपमा पहिचान बनाउन सफल खाँण यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वालिङ नगरपालिकाको मेयरका रुपमा आफुलाई उभ्याउदै अहिले जनताको घर दैलोमा पुगेर ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ । आफुहरु शासकका रुपमा नभई जनताको सेवकको रुपमा काम गर्न चाहेको प्रष्ट पार्दै जनताकै सेवामा लामो समय विताएकोले अब स्थानीय सरकारको तर्फबाट झनै नजिक भएर नगरबासिको सेवा गर्न, वालिङलाई समृद्ध वालिङको रुपमा पहिचान स्थापित गराउन आफुहरु लागि पर्ने बताउदै यस पटकको निर्वानमा नगरवासि सबैले सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारहरुलाई विजयी बनाउनेमा आफु ढुक्क रहेको खाँण बताउनुहुन्छ ।

दर्जनौ सघंसंस्थाको नेतृत्व गर्नुभएका खाँण एक सफल नेतृत्व कर्ताका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । त्रिभुव विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका खाँण वालिङको समृद्धि कृषि, पर्यटन, घरेलु तथा सान उद्योगहरुको स्थापना संगै दिन प्रतिदिन बढ्दै गएको प्राविधिक सिप संगको सामिप्यता तथा नयाँ नयाँ प्रविधि र टेक्नोलोजीको सदुपयोग गरेर समग्र नगरपालिका र नगरबासिको जीवनमा आमूल परिवर्तन ल्याउन सकिने कुरामा खाँण विश्वस्त हुनुहुन्छ ।
समग्र नगर भित्रको अवस्थाको अध्ययन गरेर माटो सुहाउँदो र आवश्यक्ताको आधारमा योजना बनाएर काम गरेमा समृद्धि धेरै टाढा नरहेको उहाँ बताउनुहुन्छ । कृषि, पर्यटन, प्रविधिक शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायत स्थानीय स्तरमा घरेलु तथा सान उद्योगको स्थापना भौतिक पूर्वाधार सडक लगायतका क्षेत्रमा विस्तारका साथै स्तर उन्नती विना स्मार्ट वालिङको सपना पुरा हुन नसक्ने भएकोले पहिला हेर्दा सामान्य लाग्ने तर नभइ नहुने अति आवश्क कार्यमा ध्यान दिएर यी कुराहरु सम्पन्न गर्न सकेको अवस्थामा मात्रै नगरलाई स्र्माट सिटीका रुपमा तथ कार्य अगाडी बढाउन सकिने बताउदै खाँणले भन्नुभयो, नगरबासि जनताका हेर्दा सामन्य लाग्ने तर अति आवश्क कार्यहरुको काम नहुदा सम्म स्मार्ट सिटीको कुरा नारा र प्रचारमा मात्रै सिमित हुने भएकोले आफुले जनताको जीवन स्तर संग जोडिएका सामान्य खालका जनतालाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने खालका कामहरुबाट आफ्नो कार्य सुरु नर्गे उहाँले बताउनुभयो ।

सहयोगी मनका धनी मनकारी सबैलाई समान ब्यवहार गर्ने राजनीतिलाई सामाजिक सेवाको रुपमा लिने र आस्थाका आधारमा कसैलाई पनि हेर्नुहुदैन राजनीतिक विचार आफ्नो ठाँउमा छ मानविय सेवा सबैमा हुनुपर्छ भन्ने भावनाबाट ओतप्रोत हुनुभएका खाँणले कोरोना महामारिका बेला आफ्नो निजि सवारिसाधन समेत कोरोनाका विरामीहरुलाई अस्पतला लैजाने कार्यमा प्रयोग गर्न प्रशासनको जिम्मा लगाएर कोरोना संक्रमणका कारण समस्यामा परेका नगरवाबिहरुलाई सहयोग गर्न दिन रात खट्टिएका खाँणको यस्तै यस्तै सेवा भावका कामले पनि नगरबासिहरु यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनम विजयी भएर आएको खण्डमा नगरको थप विकासका साथै नगरबासिले चाहे अनुसारको काम हुनेमा आसावादी रहेको पाइन्छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal