नगरवासीले सम्झने गरि काम गर्छु, एमाले मेयरका उम्मेदवारः गैरे
वालिङ,२६ वैशाख– यही आउदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका सूर्य प्रसाद गैरे (पारस) ले आफु गल्याङ नगरपालिकाको नगरप्रमुखमा (मेयरमा) निर्वाचित भएमा नगरवासिले सम्झीने गरि काम गर्ने बताउनुभएको छ ।
निर्वाचनको प्रचारप्रसारका क्रममा नगरका विभिन्न वडाहरुमा घरदैलो गर्दै मत माग्ने क्रममा मेयरका उम्मेदवार गैरेले सो कुरा बताउनुभएको हो । समग्र गल्याङ नगरपालिकाको विकास र समृद्धिको लागि आफुले मेयरमा उम्मेदवारी दिएको बताउदै उहाँले आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा नगरपालिकामा कृषि, पर्यटनका माध्यामबाट रोजगारीको सिर्जना गर्नुका साथै आवश्क भौतिक पूर्वाधारका क्षेत्रमा नगरवासीले अनुभव गर्ने गरि काम गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताउदै अहिले गल्याङ नगरपालिकामा सञ्चालित भएका कृषिमा अनुदान, प्रतिलिटर दुधमा दिदै आएको अनुदानलाई वृद्धि गर्दै नगरवासि कृषकहरुलाई शुपालनका साथै दुध उत्पादनमा लाग्न प्रोत्साहान गर्ने बताउनुभयो ।
समग्र नगरपालिकाको विकासका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउद आग्रह गर्दै मेयरका उम्मेदवार गैरेले नगरवासीले दिएको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउनुभयो । नेकपा एमाले स्याङ्जाको जिल्ला अध्यक्ष समेत रहनुभएका गैरे वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु लगायत नेकपा एमालेका उम्मेदवारहरु विजयी हुने बताउनुभयो ।
एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएकी देविसरा थापाले सम्पूर्ण महिला दिदीबहिनीहरुको सशक्तिणका साथै महिलाहरुलाई आयआर्जनका माध्यामबाट सोरोजगारी सिर्जना गर्ने बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















