नगरवासीले सम्झने गरि काम गर्छु, एमाले मेयरका उम्मेदवारः गैरे

वालिङ,२६ वैशाख– यही आउदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका सूर्य प्रसाद गैरे (पारस) ले आफु गल्याङ नगरपालिकाको नगरप्रमुखमा (मेयरमा) निर्वाचित भएमा नगरवासिले सम्झीने गरि काम गर्ने बताउनुभएको छ ।

निर्वाचनको प्रचारप्रसारका क्रममा नगरका विभिन्न वडाहरुमा घरदैलो गर्दै मत माग्ने क्रममा मेयरका उम्मेदवार गैरेले सो कुरा बताउनुभएको हो । समग्र गल्याङ नगरपालिकाको विकास र समृद्धिको लागि आफुले मेयरमा उम्मेदवारी दिएको बताउदै उहाँले आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा नगरपालिकामा कृषि, पर्यटनका माध्यामबाट रोजगारीको सिर्जना गर्नुका साथै आवश्क भौतिक पूर्वाधारका क्षेत्रमा नगरवासीले अनुभव गर्ने गरि काम गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताउदै अहिले गल्याङ नगरपालिकामा सञ्चालित भएका कृषिमा अनुदान, प्रतिलिटर दुधमा दिदै आएको अनुदानलाई वृद्धि गर्दै नगरवासि कृषकहरुलाई शुपालनका साथै दुध उत्पादनमा लाग्न प्रोत्साहान गर्ने बताउनुभयो ।

समग्र नगरपालिकाको विकासका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउद आग्रह गर्दै मेयरका उम्मेदवार गैरेले नगरवासीले दिएको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउनुभयो । नेकपा एमाले स्याङ्जाको जिल्ला अध्यक्ष समेत रहनुभएका गैरे वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु लगायत नेकपा एमालेका उम्मेदवारहरु विजयी हुने बताउनुभयो ।

एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएकी देविसरा थापाले सम्पूर्ण महिला दिदीबहिनीहरुको सशक्तिणका साथै महिलाहरुलाई आयआर्जनका माध्यामबाट सोरोजगारी सिर्जना गर्ने बताउनुभयो ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal