नेता सुध्रिन आवश्यक छः कांग्रेस उपसभापति गुरुङ
वालिङ,२५ वैशाख– नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेता सुध्रिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले भन्नुभयो, ‘नेपालको अवस्था परिर्वतन गर्न हामी नेता सुध्रिन आवश्यक छ । नेताहरुले भ्रष्टाचार नगर्ने हो भने देश आर्थिक रुपमा शसक्त बन्न सक्छ । ७० वर्ष पहिला हाम्रो नेपाल जस्तै गरिव राष्ट्रहरु अहिले विकसित मुलुकमा परिणत भएको छ । हामी जहाँको त्यहीँ छौँ ।’
उपसभापति गुरुङले फरक झण्डा र फरक पार्टी हुँदैमा फरक विचार नहुँने भन्दै गठबन्धनको बचाउ गर्नुभयो । उपसभापति गुरुङले भन्नुभयो, ‘फरक झण्डा बोक्दैमा फरक पार्टी हुँदैमा फरक विचार हुँदैन । सत्रु त हाम्रो गरिबी हो, भ्रष्टाचार हो । गरिबी भ्रष्टाचारलाई हटाउँदै देशमा सुशासन कायम गर्न अहिलेको गठबन्धन बनेको हो ।’ देशमा व्यवस्था परिर्वतन भएपनि अवस्था परिर्वतन हुँन नसक्दा नेपाल जहाँको त्यहीँ रहेको भन्दै अवको यात्रा समृद्धिको रहेको बताउनुभयो ।
पानीबाटै समृद्धि प्राप्त गर्न सकिने भन्दै नेता गुरुङले ५० हजार मेगावार्ट विजुली उत्पादन गर्न सकियो भने नेपाल समृद्ध हुने बताउनुभयो । त्यस्तै यहाँका कृषिमा आधुनिकिरण, पर्यटकीय क्षेत्रको विकास गरी नागरिकको जिवनस्तर माथि उकास्न सकिएमा गरिबीलाई हटाउन सकिने बताउनुभयो । अहिलेको निर्वाचनमा निकै सचेत भएर मतदान गर्नुपर्ने भन्दै क्षणभरको खुसी र सुख भन्दा दिर्घकालीन खुसी र सुख खोज्ने समय भएको नेता गुरुङको भनाइ थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य सरस्वति अर्यालतिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, गठबन्धनका नेता शैलेन्द्र घिमिरे, गाउँपालिका अध्यक्षका उम्मेदवार प्रकाश तिवारी, उपाध्यक्षका उम्मेदवार सपना गुरुङलगायतले बोल्नलुभएको थियो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















