नेता सुध्रिन आवश्यक छः कांग्रेस उपसभापति गुरुङ

वालिङ,२५ वैशाख– नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेता सुध्रिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले भन्नुभयो, ‘नेपालको अवस्था परिर्वतन गर्न हामी नेता सुध्रिन आवश्यक छ । नेताहरुले भ्रष्टाचार नगर्ने हो भने देश आर्थिक रुपमा शसक्त बन्न सक्छ । ७० वर्ष पहिला हाम्रो नेपाल जस्तै गरिव राष्ट्रहरु अहिले विकसित मुलुकमा परिणत भएको छ । हामी जहाँको त्यहीँ छौँ ।’

उपसभापति गुरुङले फरक झण्डा र फरक पार्टी हुँदैमा फरक विचार नहुँने भन्दै गठबन्धनको बचाउ गर्नुभयो । उपसभापति गुरुङले भन्नुभयो, ‘फरक झण्डा बोक्दैमा फरक पार्टी हुँदैमा फरक विचार हुँदैन । सत्रु त हाम्रो गरिबी हो, भ्रष्टाचार हो । गरिबी भ्रष्टाचारलाई हटाउँदै देशमा सुशासन कायम गर्न अहिलेको गठबन्धन बनेको हो ।’ देशमा व्यवस्था परिर्वतन भएपनि अवस्था परिर्वतन हुँन नसक्दा नेपाल जहाँको त्यहीँ रहेको भन्दै अवको यात्रा समृद्धिको रहेको बताउनुभयो ।

पानीबाटै समृद्धि प्राप्त गर्न सकिने भन्दै नेता गुरुङले ५० हजार मेगावार्ट विजुली उत्पादन गर्न सकियो भने नेपाल समृद्ध हुने बताउनुभयो । त्यस्तै यहाँका कृषिमा आधुनिकिरण, पर्यटकीय क्षेत्रको विकास गरी नागरिकको जिवनस्तर माथि उकास्न सकिएमा गरिबीलाई हटाउन सकिने बताउनुभयो । अहिलेको निर्वाचनमा निकै सचेत भएर मतदान गर्नुपर्ने भन्दै क्षणभरको खुसी र सुख भन्दा दिर्घकालीन खुसी र सुख खोज्ने समय भएको नेता गुरुङको भनाइ थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य सरस्वति अर्यालतिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, गठबन्धनका नेता शैलेन्द्र घिमिरे, गाउँपालिका अध्यक्षका उम्मेदवार प्रकाश तिवारी, उपाध्यक्षका उम्मेदवार सपना गुरुङलगायतले बोल्नलुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal